Breaking

दार्चुला बाढीपहिरो अपडेट : ५ जनाको शव भेटियो, ४ जना बेपत्ता, १५ घर बगे


काठमाडौँ — दार्चुलामा बाढी र पहिरोमा परी ५ जनाको मृत्यु भएको छ । जिल्लाका फरक फरक स्थानमा उनीहरूको शव भेटिएको दार्चुला जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रहरीका अनुसार दार्चुलाको सदरमुकामस्थित खलङ्गाको बंगाबगड क्षेत्रमा पहिराले १५ घर बगाएको छ भने ४ जना बेपत्ता भएका छन् । यसैगरी महानकाली नगरपालिका २, मैखोलीमा ७७ वर्षीय नन्दराम बोहरा मृत भेटिएका छन् । यसैगरी नौगाड गाउँपालिका २, दललेखमा ६८ वर्षीय मोहनराज पार्की आफ्नै घरले थिचेर मृत्यु भएको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।

यस्तै नौगाड २ सल्लामा ३० वर्षीया जानकी ठगुना, १२ वर्षीया धनौली ठगुन्ना खोला किनारमा मृत भेटिएका छन् । यस्तै महानकाली नगरपालिकामा एउटा बेवारिसे शव भेटिएको बताएको छ ।