Breaking

एएफसी यु-२० एसिया कप छनोट : नेपालले भुटानसँग प्रतिस्पर्धा गर्दै


काठमाडौँ — बहराइनमा आज (शनिबार) देखि एएफसी यू-२० एसियन कप छनोटका खेल हुँदै छन् ।

आज हुने पहिलो खेलमा नेपालले भुटानसँग प्रतिस्पर्धा गर्दैछ । खेल खालिफा सिटी स्पोर्ट्स स्टेडियममा शनिबार राति ८:४५ बजे सुरु हुनेछ ।

नेपाल रहेको समूह बी मा भुटान, बंगलादेश, कतार र बहराइन छन् ।