समाचार

कैलालीमा नदीमा डुबेर किशोरको मृत्यु


काठमाडौँ – नदीमा डुबेर गोदावरी नगरपालिका ८ का एक किशोरको मृत्यु भएको छ ।

गएराति ८ बजेतिर नुहाउने क्रममा स्थानीय खुटिया नदीले बगाउँदा १४ वर्षीय रोहित गुरुङको मृत्यु भएको हो ।

अस्थायी प्रहरी पोस्ट स्याउलेबाट खटिएको प्रहरी टोलीले खोज तलास गर्दा नदीबाट अन्दाजी १५० मिटर दक्षिण नदीको किनारमा मृत अवस्थामा उनको शव फेला परेको इलाका प्रहरी कार्यालय मालाखेतीले जनाएको छ ।