Breaking

एलिजाबेथको निधनसँगै शोकमा ब्रिटेन, नेपालसँग थियो गहिरो लगाव, राजा हटेपछि आउन छोडिन !


काठमाडौँ — बेलायती महारानी एलिजाबेथ द्वितीयको निधनसँगै यतिबेला बेलायत शोकमा डुबेको छ । दरबारमा ७० वर्ष एकछत्र राज गरेकी महारानीको निधनसँगै विश्व जगत नै यतिबेला स्तब्ध बनेको छ । सन् १९२६ अप्रिल २१ मा लन्डनको माइफेरमा जन्मिएकी बेलायती महारानी एलिजाबेथ द्धितीयसंसारबाट बिदा भएकी छिन । ७० वर्ष बेलायतमा सत्तारोहण गरेकी ९६ वर्षिय महारानीको निधनसँगै यतिबेला बेलायत शोकमा डुबेको छ भने विश्वजगत नै स्तब्ध बनेको छ । उनको सम्मानमा श्रद्धाञ्जली दिन बकिङ्घम प्यालेस बाहिर हजारौँ नागरिक भेला भएका छन् ।

महारानीको निधनपछि दरबारमा रहेको राष्ट्रिय झण्डा आधा झुकाइएको छ ।हुनत एलिजाबेथ महारानी बन्ने छिन् भनेर सायद कसैले पनि कल्पना गरेको थिएनन । सन् १९३६ मा उनको ठूलो बुवा एडवर्ड अष्टमले अमेरिकी नागरिक लालिस सिम्पसनसँग बिहे गर्नका लागि राजगद्दी त्यागेका थिए ।त्यसपछि एलिजाबेथका बुवा अल्बर्ट राजगद्दीमा बसे । बुवाको निधनपछि उनै एलिजाबेथ जेठो सन्तानको रुपमा राजगद्दीको उत्तराधिकारी बनिन् ।

उनको निधनसँगै जेठा छोरा चार्ल्सले राजगद्दी सम्हालेका छन् । महारानी द्वितीयको शासनकालमा बेलायतमा १५ जना प्रधानमन्त्री भएका छन् ।त्यसोत उनी गोर्खालीकै सुरक्षा घेरामा बेलायतको राजदरबारमा हुर्किएको र दुई पटक नेपाल आएकी उनी नेपालीलाई माया गर्ने बेलायती महारानीका रूपमा चिनिन्छिन ।

सात दशक सत्ता सम्हालिसकेकी उनले नेपालसहित विश्वका १ सय १७ मुलुक घुमिसकेकी छन । नेपालमा समेत लोकप्रिय रहेकी उनले दुई पटक नेपालको राजकीय भ्रमण गरेकी थिइन्न । परराष्ट्र मन्त्रालयका अनुसार एलिजाबेथ द्वितीय र राजकुमार प्रिन्सले सन् १९६१ र १९८६ मा नेपालको दुई पटक भ्रमण गरेकी थिइन् । सन् १९६१ मा पहिलो पटक आउँदा उनीहरूलाई काठमाडौंको त्रिभुवन विमानस्थलमा तत्कालीन राजा महेन्द्र र रानी रत्नले स्वागत गरेका थिए ।

सन् १८१६ देखि नै बेलायतीको सुरक्षामा नेपाली गोर्खाले सहयोग गर्दै आइरहेका छन । महारानी एलिजाबेथको सुरक्षा जिम्मेवारी पनि नेपालीकै हातमा रहँदै आएको छ । त्यसैले उनी सधैं नेपालीकै सुरक्षाको साथमा थिइन । त्यसैले नेपालीप्रति उनले गर्ने विश्वास गर्भिलो छ ।

एलिजाबेथ द्वितीयको निधनप्रति विश्वभरका राष्ट्र तथा सरकार प्रमुखहरुले शोक सन्देश दिएका छन् ।भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले शोक सन्देश दिंदै महारानी एलिजावेथलाई एक निष्ठावान ब्यक्तिको रुपमा सदा सम्झिरहने बताएका छन । अमेरिकी राष्ट्रपति जो बाइडेनले अतुलनीय राष्ट्रप्रमुखको निधनबाट आफू स्तब्ध भएको प्रतिक्रिया दिएका छन भने फ्रेञ्च राष्ट्रपति इमान्युएल म्याक्रोंले दयालु मनकी महारानी र फ्रान्सकी सच्चा मित्र भनेका छन । क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रूडोले क्यानडाले भरपर्दो अभिभावक गुमाएको बताएका छन । यसैगरी, साउदी अरेवियाका राजा सलमानले महारानी एलिजावेथलाई विश्वकै रोलमोडल ब्यक्ति भनेका छन ।

एलिजाबेथ द्वितीयकोबाल्मोरलमा परिवारको सदस्यहरुको बीचमा निधन भएको हो । अब उनको अन्त्येष्टि प्रक्रिया सुरु हुनेछ । बीबीसीका अनुसार यो झण्डै दुई साता लामो हुनेछ । उनको शवलाई बाल्मोरलबाट लन्डन ल्याइने छ र बकिङ्घम दरबारमा राखिने छ । साजसज्जायुक्त मञ्च निर्माण गरि शव चार दिन वेस्टमिन्स्टर हलमै राखिने छ । जहाँ निशान छापको झन्डा ओढाइन्छ भने राजदण्डलाई पनि शवसँगै राखिने छ ।

त्यसपछि सर्वसाधारणलाई श्रद्धाञ्जली अर्पण गर्न दिइने छ, जसमा लाखौं सहभागी हुने अपेक्षा गरिएको छ ।महारानीको समाधि समारोह भने वेस्टमिन्स्टर एबी (चर्च) मा गरिने छ, जहाँ उनको विवाह र राज्यारोहण समारोह पनि भएको थियो ।समाधिका दिन जलसेनाको विशेष वाहनमा महारानीको शवलाई वेस्टमिन्स्टर हलबाट एबीमा लगिने छ ।

त्यसपछि शवलाई पदयात्रामार्फत वेस्टमिन्स्टर एबीबाट वेलिङ्टन आर्क लगिनेछ र शववाहनमा राखिने छ । त्यस्तै शववाहनले विन्डसर क्यासलको सेन्ट जर्ज च्यापेल (चर्च)मा शव लैजान्छ भने जहाँ अन्तिम प्रार्थना सभा हुनेछ त्यसपछि रोयल भल्टमा समाधिस्थ गरिनेछ ।