Breaking

सन्दीपले मुख खोले, बलात्कारमा फसे कि फसाइयो ?१२ बर्ष जेल–खेल जीवन समाप्त! क्यानले साथ नदिने


काठमाडौँ — बलात्कार जस्तो गम्भीर आरोपमा फसेपछि नेपाली क्रिकेट टोलीका निलम्बित कप्तान सन्दीप लामिछानेको खेल जीवन नै संकटमा परेको छ । जुन यसअघि अभिनेता पल शाहले समेत कलाकारितामा ब्यहोरेका छन् ।त्यसो भए बलात्कारका सम्बन्धमा नेपालको कानुन कस्तो छ ?अनि नक्कली मुद्धामा फस्ने सम्भावना कति हुन्छ ? नेपाली राष्ट्रिय क्रिकेट टोलीका निलम्बित कप्तान सन्दीप लामिछाने अलि ढीला गरि बोले । घटना मंगलबार राति नै सार्वजनिक भएपनि दुईदिनसम्म कुनै प्रतिक्रिया नदिएका र नेपाल क्रिकेट संघ (क्यान)सँगपनि उचित छलफल गर्न नरुचाएका उनी प्रहरीबाट पक्राउ पुर्जी र क्यानबाट निलम्बित भएपछि प्रतिक्रिया जनाउन बाध्य बनेका छन् ।

र शुक्रबार सामाजिक सञ्जालमार्फत आफु निर्दाेष रहेको र घटनाको अनुसन्धानका लागि सीपीएल छोडेर तत्कालै नेपाल फर्किने जानकारी गराएका छन् ।अब सन्दीप नेपाल फर्किएपछि मात्रै घटनाबारे विस्तृत अध्ययन हुनेछ । बलात्कार जस्तो गम्भीर अपराधको आरोप एक १७ बर्षिया किशोरीले लगाएपछि सन्दीपको खेलजीवन लगभग समाप्त भएको छ । उनी निर्दाेष नै साबित भएपनि सन्दीप एक हिसावले गम्भीर संकटमा फसिसकेका छन् । अब क्यानले पनि यस मुद्धामा सन्दीपलाई साथ दिन नसक्ने संकेत गरेको छ ।

नेपाली समाजको सामाजिक यथार्तले विवाहअघिको यौन सम्बन्धलाई गैरसांस्कृतिक, गैरकानुनी र गैरसामाजिक मान्दै आएको छ । तर कानुनले १८ बर्षभन्दा मुनिकालाई मात्रै गैरकानुनी मान्छ र १८ बर्षभन्दा कम उमेर समूहका जो कोहीसँग सहमतिमै गरिएको यौनसम्बन्ध पनि स्वतः बलात्कारबन्छ । यसैकारण सन्दीप लामिछानेलाई १२ बर्षको सजाय हुनसक्छ ।अनुसन्धानका क्रममा यौनसम्बन्ध सहमतिमै भएको ठहरिए पनि सन्दीप कारबाहीको भागेदार बन्ने अधिवक्ताहरु बताउँछन् ।

मुलुकी ऐन, २०२० मा रहेको १६ वर्षे उमेरको हदलाई मुलुकी अपराध संहिता, २०७४ को दफा २१९ (२) मा बढाइएको छ । ‘मञ्जुरी लिएर भए पनि १८ वर्षभन्दा कम उमेरका कुनै बालिकासँग यौनसम्बन्ध राखेमा जबर्जस्ती करणी गरेको मानिने’ अपराध संहितामा उल्लेख छ । अर्थात वैधानिक जबर्जस्ती करणी मानिने गरी दुई बर्ष उमेर बढाइयो । उक्त उमेर किन र कसको जोडबल, करबल, दबाब वा कुन आवश्यकताका आधारमा बढाइयो ?त्यसको एकिन जवाफ कतै उल्लेख गरिएको छैन ।

नागरिकता लिन १६ वर्षको उमेरमा साबालक हुने, सवारी चालक अनुमति लिन १६ वर्ष नै पर्याप्त हुने तर मञ्जुरीबाट हुने शारीरिक सम्बन्धका लागि १८ वर्ष नै किन हुनुपर्ने ? अहिले सामाजिक सञ्जालभरि यस्ता प्रश्न उठिरहेका छन् ।अभिनेता पल शाह र क्रिकेटर सन्दीप लामिछानेको विषयले यसलाई फेरि बहसमा ल्याएको छ । यद्यपी बलात्कार जस्तो जघंन्य अपराधका घटनाहरु कानूनी प्रक्रियामा आउनु धेरै राम्रो हो ।

तर, यसक्रममा नक्कली घटनाहरुको रेसियो पनि उच्चदरमा बढिरहेको विज्ञहरु बताउँछन् । सहमतिमै सम्बन्ध राखेपनि कुरा नमिलेपछि मुद्धा हाल्ने गरिएका विषयले यसमा थप चिन्ता थपेको छ । भारतको महिला आयोगले गरेको एक सर्वेक्षणले ५३.२ प्रतिशत घटना ‘फेक’ देखिएको थियो । तर नेपालमा यस्ता खाले सर्वेक्षण नभएपनि टे«ण्ड त्यस्तै देखिएको विज्ञहरु बताउँछन् ।