Breaking

वीपी भजाउने कांग्रेसले उनको सिद्धान्त कार्यान्वयन गर्यो त ?एक दिन मात्र सम्झिने की व्यवहारमा उतार्ने ?


काठमाडौँ — जननायक वीपी कोईरालाको १ सय ९ औ जन्मजयन्ती बुधबार विविध कार्यक्रम गरी मनाईएको छ ।प्रथम जननिर्वाचित प्रधानमन्त्री तथा नेपाली कांग्रेसका संस्थापक नेता कोइरालालाई कांग्रेस मात्र नभएर नेपालका अधिकांश राजनीतिक दलहरुले विचार र संस्कारको प्रवद्र्धक मान्छन् । कांग्रेसका संस्थापक अध्यक्ष तथा प्रथम जननिर्वाचित प्रधानमन्त्री विश्वेश्वर प्रसाद कोईरालाको जन्मजयन्ती मनाँउदै गर्दा कांग्रेस आगामी निर्वाचनको तयारी समेत गरिरहेको छ । किन कांग्रेस भन्ने प्रश्नमा विपीलाई देखाउने उसले निर्वाचनमा मात्र नभई हरेक काममा विपीकै नाम भजाँउदै आएको छ ।

यसै सन्दर्भमा सुन्दरीजल पुगेका कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माले बिपीको परिकल्पना र अहिलेका युवाको भावना समेट्ने गरी घोषणा पत्र बनाउने बताए । बिपीले परिकल्पना गरेको नेपाल र अहिलेका नेपाली युवाको भावनालाई एकाकार गरेर देशका सपनालाई समेट्ने गरी घोषणा पत्र बन्ने दावी गरेका उनले म र मेरा लागि तर समग्रमा देशका लागिभन्ने युवा भावनाको लहर घोषणा पत्रको अन्तर्वस्तुमा समाहित गर्ने बताएका छन । उनीमात्र हैन निर्वाचनकै मुखमा वीपी भजाउनमा अन्य कांग्रेसी नेताहरु समेत व्यस्त छन ।

तर पूर्वराष्ट्रपती डा.रामबरण यादव भने वीपी कोइरालाका बारेमा पढ्न कांग्रेसलाई फुर्सद नभएको बताउछन । पैसा लिएर टिकट बिक्री गर्ने प्रवृत्ति पार्टीभित्र हावी हुँदै गएको बताउने उनी कांग्रेसभित्र जनताको बीचमा जान अशंवण्डा गरिएको बताउछन । योवीचमा वीपीका आफ्नै भाइ–भतिजा पटक पटक प्रधानमन्त्री भएका छन भने उनकै शिष्य शेरबहादुर पाँचौ पटक देशको वागडोर सम्हाली रहेका छन ।

वीपीकै कान्छा छोरा डा. शशांक कांग्रेसका महामन्त्री भईसको छन । तर पनि कांग्रेसको नेतृत्व तहले कहिल्यै नेपाली राजनीतिमा र सत्ता सञ्चालनमा वीपी विचार र नीति लागू गर्न सकेको छैन । कोहि नेतृत्वको गलतविरुद्ध खवरदारी गर्ने नै सच्चा कार्यकर्ता हुने विपिको आदर्शलाई विपरित पेलेर अघि बढ्ने रणनितिमा देउवा अघि बढेका छन ।जसले पार्टीभित्र सुकिला मुकिलाहरू हाबी हुनेछन भने विपीको भनाई चरितार्थ हुदै गएको विश्लेषकहरु बताउछन ।

विश्वमै समृद्धि दिने मोडेल नै जनताको वृहत्तर सहभागीको व्यवस्था अर्थात लोकतन्त्र भएको बताउने उनीहरु यो दृष्टिबाट कांग्रेसले विपि विचारको आत्मालाई नछोडेको रुपमा अथ्र्याउछन । तर समाजवादको यो यात्रा कसरी गर्ने भन्नेमा भने कांग्रेस अलमलिएको विश्लेषक शंकर तिवारीको भनाई छ । व्यवहारिक राजनीतिका नाममा सिद्धान्तमा आएको स्खलन यसैको उदाहरण भएको उनको तर्क छ।

नेपाल र नेपालीका लागि वीपीले थुप्रै विचार, नीति तथा सिद्धान्त छाडेर गएका छन । प्रजातन्त्रका लागि आजिवन लडेका उनको मुख्य ध्येय कसरी विपन्न र पछाडि पारिएको वर्गलाई राजनीतिको मुल प्रवाहमा ल्याउन सकिन्छ भन्नेमा केन्द्रीत भएको उनीबारे अध्ययन गरेकाहरुको दावी छ । तर केवल सत्ताप्राप्तीमा लिप्त अहिलेको कांग्रेस न त आफूलाई कम्युनिष्ट भन्दा फरक प्रमाणित गर्ने कारण देखाउन सक्ने अवस्थामा छ न त आफताव आलम जस्ताले पुन सांसद बनाउन तम्सिने शक्ती के हो भनेर भण्डाफोर गर्न सक्ने अवस्थामा छ । केवल भागवण्डा र राज्यशक्तीको दोहनमा लिप्त उसका अघि विपीको विचार,आदर्श केवल भजाउने विषय मात्र बनेको छ ।