काठमाडौँ — ताप्लेजुङ युवा समाज काठमाडौंले फुटसल प्रतियोगिता आयोजना गर्ने भएको छ । खेल यहीँ असोज ८ गते शनिवार बिहान ८ बजे देखि ज्ञानेश्वर काठमाडौं स्थित प्राईम फुटसलमा सम्पन्न हुने खेलकुद बिभाग प्रमुख विकेश लङवा लिम्बुले जानकारी दिनु भएको छ । ताप्लेजुङ युवा समाज काठमाडौंले ताप्लेजुङ जिल्ला घर भई काठमांडौमा बसोबास गर्ने युवाहरुले आयोजना गर्ने अन्तरपालिका फुटसल प्रतीयोगीतामा आफ्नो टीमलाई सहभागी गराएर खेलको शोभा बढाइदिन पनि आग्रह गरेका छन् ।
युवाहरुलाई लक्षित खेलकुद कार्यक्रम फुटसल प्रतियोगिता पनि एक भएको लिम्बुले जानकारीदिनु भयो । खेल फिफाको नियम अनुसार खेलाइने भएको छ ,। खेलाडी संख्या अतिरिक्त सहित ८ जना र ड्रेस र सुज अनिवार्य लगाउनु पर्ने छ । पलिकाभन्दा अन्य ठाँउको खेलाडी खेलाएको पाइएमा उक्त समुहलाई खेलबाट हटाइने छ । अनुशासन विहिन खेलाडीलाई आयोजकले खेल खेलाउने छैन । खेलाडीले अनिवार्य ठेगाना खुल्ले सरकारी कागजपत्र पेश गर्नु पर्ने छ ।
प्रवेश शुल्क ५,०००/- हजार रहेको छ । प्रतियोगिताको विजेताले ६०,०००/- हजार सहित मेडल र प्रण पत्र दोस्रो पुरस्कार ३५,०००/- हजार सहित मेडल र प्रमाणपत्र ,उत्कृष्ट खेलाडी, गोल किपर, र सर्वाधिक गोल कर्तालाई उचित पुरस्कारप्राप्त गर्नेछन् । खेलकुदमा सहभागीता जनाउनका लागि 9860306492/9851199420 मा सम्पर्क गर्न सकिनेछ ।
प्रतिक्रिया