Breaking

नेपालकै ठूलो धनराशिको पुरस्कार महाविर पुनलाई


काठमाडौँ — गैरआवासीय नेपाली संघ र बिबी फाउण्डेशनको संयुक्त पहलमा नेपालकै ठूलो धनराशिको पुरस्कार महावीर पुन तथा राष्ट्रिय आविष्कार केन्द्रलाई प्रदान गरिने भएको छ । नेपालको विकासमा महावीर पुन तथा राष्ट्रिय आविष्कार केन्द्रले पुर्‍याएको योगदानको कदरस्वरुप संघ तथा बिबी फाउन्डेसनद्वारा संयुक्तरूपमा रू एक करोडको ‘भवन कीर्ति रत्न’ पुरस्कार प्रदान गर्न लागिएको हो ।

बिबी फाउण्डेसनका अध्यक्ष एवं गैरआवसीय नेपाली संघका पूर्वअध्यक्ष भवन भट्टले १० औं सम्मेलनका अवसरमा उक्त पुरस्कारको घोषणा गरेका थिए। ‘भवन कीर्ति रत्न’ पुरस्कार हरेक दुई(दुई वर्षमा प्रदान गरिनेछ । पुरस्कार आगामी मंगलबार काठमाडौंमा प्रदान गरिने भएको छ ।