Breaking

सोलु काङग्रेस विबादमा,समानुपातिकमा आफ्नो नाम सिफारिस गरिएकोमा केसीको आपत्ति


काठमाडौँ — नेपाली कांग्रेस सोलुखुम्बुका जिल्ला कार्यसमितिले समानुपातिकतर्फ नाम सिफारिस गरेको प्रति केन्द्रीय सदस्य बलबहादुर केसीले असहमति जनाएका छन् । उनले आफूसँग कुनै छलफल र सल्लाह नगरी विपरीत उम्मेदवारको नाम सिफारिस गरिएको बताएका छन् । केसीले सामाजिक सञ्जालमार्फत आफू आगामी मंसिर ४ गते हुने निर्वाचनमा पुनः प्रत्यक्षतर्फबाट नै सहभागी हुने बताएका छन् ।

नेपाली कांग्रेस सोलुखुम्बुले केन्द्रीय सदस्य केसीको नाम समानुपातिकतर्फ सिफारिस गर्दै अर्को केन्द्रीय सदस्य आङगेलु शेर्पाको एकल नाम प्रत्यक्ष तर्फ सिफारिस गरिएको थियो । जिल्ला कार्यसमितिले नाम सिफारिस गर्दा केसी आमाको मृत्यु संस्कारको १३औं दिने काजकिरियामा थिए । त्यही बेला केसीको डाईवेटिज, कम रक्तचाप र डेङ्गु संक्रमणको बिरामी भई अस्पतालमा उपचारत थिए ।

७० सालको निर्वाचनमा पनि बल बहादुर केसीलाई सोलु काग्रेसले सिफारीस गरेको थिएन तर तत्कालीन सुशिल कोईरालासंग धर्ना कसेर केसीले सिफारिस नभई पनि टिकट लगेका थिए । अहिले पछिल्लो समय पनि देउवा गुटका आङगेलु शेर्पा र शेखर कोईराला केसीविच सोलु काङग्रेसमा अधिवेशनदेखि नै तिव्र बिवाद रहदै आएको छ ।

केसीले सामाजिक सञ्जालमा अलोकतान्त्रिक, विधि विधान र केन्द्रीय परिपत्र विपरीत उम्मेदवारी सिफारिसलाई लिएर सामाजिक सञ्जालहरूमा गरिएको गलत प्रचारप्रति घोर भर्त्सना गर्दै पुर्णरुपले असहमति प्रकट गर्ने उल्लेख गरेका छन् । सोलुखुम्बुमा केसी डा. शेखर कोइराला निकट समूहको नेतृत्व गर्ने गरेका छन् भने शेर्पाले सभापति शेरबहादुर देउवा समूहको नेतृत्व गरेका छन् ।