Breaking

नेपाल र नेपालीलाई माया गर्ने व्यक्तित्व गुमायौं : प्रधानमन्त्री देउवा


काठमाडौँ — प्रधानमन्त्री शेरबहादुर देउवाले बेलायतकी महारानी एलिजावेथ द्वितीयाको निधनप्रति गहिरो दुस्ख व्यक्त गरेका छन् ।

एलिजावेथ द्वितीयाले आफूलाई काम, सम्मान र सेवाले परिचित गराएको देउवाले उल्लेख गरेका छन् । ‘रानीका सन १९६१ र सन १९८६ मा भएका दुई राजकीय भ्रमणलाई नेपालमा आदरपूर्वक स्मरण गरिन्छ,’ देउवाले एलिजावेथका नेपाल भ्रमणको चर्चा गर्दै भनेका छन् ।

रानी एलिजावेथको निधनले नेपाल र नेपाली जनताले आफुलाई माया गर्ने एक व्यक्तित्व गुमाएको देउवाले उल्लेख गरेका छन् । प्रधानमन्त्री देउवाले एलिजावेथको निधनमा बेलायती राजपरिवारलाई समवेदना व्यक्त गरेका छन् ।​

एलिजावेथ तत्कालीन राजा महेन्द्रको निम्तोमा सन १९६१ मा र सन १९८६ मा नेपालको राजकीय भ्रमणमा आएकी थिइन् । ९६ वर्षको उमेरमा हिजो बिहिबार बेलायतको बालमोरलमा एलिजाबेथको निधन भएको हो ।