Breaking

‘स्टारडम’ सम्हाल्न नसकेका सन्दीप


काठमाडौँ – नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान सन्दिप लामिछाने माथि बलात्कारको आरोप लागेपछि अदालतबाट पक्राउ पुर्जी जारी भएको छ । जिल्ला अदालत काठमाडौँले बिहीबार बलात्कार आरोपित लामिछानेविरुद्ध पक्राउ पुर्जी जारी गरेको हो ।
मंगलवार सन्दिप विरुद्ध १७ वर्षिया किशोरीले गौशला प्रहरीमा जबरजस्ती करणीको जाहेरी दिएकीथिइन् । सन्दिप विरुद्ध उजुरी परे लगतै प्रहरीले अनुसंन्धान आगाडि बढाएको छ । अहिले सम्म पीडितको उजुरीको आधारमा प्रहरीले घुम्न गएको ठाउँ र बासबसेको होटलको सिसीटिभी फुटेज संकलन गरेको छ । पीडित किशोरीले घुम्नजाने प्रस्ताब गरेर नगरकोट पुर्याएको र पछि अबेर गरेर रात पारी नियोजित रुपमा आफुमाथि बलात्कार गरेको आरोप लगाएकीछिन् । सामाजिक संञ्जाल र संचारमाध्यमा विषय उछालिरहेका बेला अदालतबाट पक्राउ पुर्जी जारी भएको हो ।

नेपालमा मुद्धा परेर अनुसंन्धानको विषय अगाडि बढिरहदा सन्दिप भने देश बाहीर छन् । नेपाली टोलीको नेतृत्व गर्दै उनी केन्याविरुद्ध ट्वान्टी–२० अन्तर्राष्ट्रिय शृंखला खेल्न भदौ ६ गते नैरोबी प्रस्थान गरेका थिए । उनी त्यतैबाट सीपीएल खेल्न वेस्ट इन्डिज गएका हुन् । तर आज भएको खेलमा उनीसम्मिलित टिम जमैका तलावाजको खेल भए पनि उनलाई भने खेलाइएको थिएन ।

राष्ट्रिय मात्रै नभएर अन्तराष्ट्रिय रुपमा समेत ख्याति कमाएका सन्दिप खेल्नकै लागि जमाइएका पुगेपनि जरजस्तीकरणीको आरोपमा विवादमा तानिएपछि बेन्चमा बसेका छन् । नेपाल क्रिकेट सँघ क्यानसँग सम्पर्कमा रहेका सन्दिपले आफु निर्दोश रहेको र नेपाल आएर मुद्धा लड्ने बताइरहेका बेला अदालतबाट पक्राउपुर्जि जारी भएको हो । पक्राउ पुर्जी ल्याएपछि प्रहरीले नेपाल क्रिकेट संघ (क्यान)मार्फत लामिछानेलाई फिर्ता गर्न औपचारिक आग्रह गर्ने तयारी गरेको छ । यदि आग्रहलाई अटेर गरेर उनि नेपाल नआएर इन्टरपोल वा अरू माध्यमबाट भएपनि उनलाई नेपाल झिकाउने प्रहरीको तयारी छ ।

सिनेक्षेत्रका नायक पलसाहको विरुद्धमा फैसाला आउनु र क्रिकेटर सन्दिप लामिछाने माथि जाहेरी पुर्नलाई धेरैले संयोग भनेकाछन् । अदालतले पलशाहलाई अढाई वर्ष जेल सजायको फैशला गरेकै दिन सन्दिपमाथि जाहेरी परेको छ। क्रिकेटर सन्दिप लामिछाने र नायक पलशाहको विषयलाई समाजले एउटै पुन्यौले डामिएको भनेर व्याख्या गरेको छन् ।

भलै त्यो अनुसंन्धानकै विषय रह्यो । झट्ट हेर्दा उमेर समुहको हिसावले नाबालिग किशोरी भएकाले पनि घटनाको प्रकृति एउटै जस्तो लाग्न सक्छ तर पलशाह दोषि करार भइसकेकाछन् भने सन्दिपको विषय अनुसंन्धानको सुरुवाति चरणमा छ । त्यस कारणमा पनि अहिले एउटै काटामा राखेर जोख्दा हतार होला । अहिले सन्दिप माथि किटानी जाहेरी हालेकी पीडितको साथी मार्फत सन्दिपसँग चिनजान भएको थियो । उनै साथीमार्फत किशोरी लामिछानेको सम्पर्कमा पुगेकी थिइन् ।

एक महिनाअघि मात्र दोहोरो चिनजान भएका उनीहरूबीच त्यसपछि सामाजिक सञ्जालमा कुराकानी र फोटो आदानप्रदान हुने गरेको थियो ।

पछिल्लो समय आफू केन्या जान लागेको भन्दै लामिछानेले किशोरीसँग भेट्न चाहेका थिए । सामान्य चिनजान र त्यसपछि भेटघाटले यति बेला दुवै जनाको जिन्दगीमा हलचल ल्याएको छ । पीडितको उजुरीका आधारमा प्रहरीले सन्दिप विरुद्ध मुलुकी अपराध संहिता २०७४ अनुसार अनुसन्धान सुरु गरेको छ ।

संहिताको दफा २१९ मा ‘कसैले कुनै महिलालाई निजको मञ्जुरी नलिई करणी गरेमा वा मञ्जुरी लिएर भए पनि १८ वर्षभन्दा कम उमेरको कुनै बालिकालाई करणी गरेमा निजले त्यस्तो महिला वा बालिकालाई जबर्जस्ती करणी गरेको मानिनेछ’ भनिएकोछ । संहितामा १६ देखि १८ वर्ष उमेरको नाबालिग किशोरीलाई जबर्जस्ती करणी गरेको पुष्टि भएमा १० वर्षदेखि १२ वर्षसम्म कैद सजाय हुने उल्लेख छ  ।

लामिछानेले शुक्रवार बिहान फेसबुकमा स्टाटस लेख्दै आफूमाथि लागेको आरोप निराधार भएको भन्दै कानूनी लडाइँ लड्न तयार रहेको प्रतिक्रिया दिएका छन् । उनले आफू निर्दोष रहेको र कानूनले आफूलाई न्याय दिने विश्वास व्यक्त गरेका छन् ।

सन्दीप सीपीएलको सिलसिलामा वेष्ट इन्डिजमा छन् । किशोरी बलात्कारको आरोप लागेपछि उनले पहिलोपटक मुख खोलेका हुन् ।