समाचार

चितवनमा दाना उद्योगमा आगलागी


काठमाडौँ — पूर्वी चितवनको एक दाना उद्योगमा आगलागी भएको छ । राप्ती नगरपालिका–३ झुरझुरेस्थित मञ्जुश्री दाना उद्योगमा गएराति आगलागी भएको हो ।

कुखुराको दाना राखिएको गोदाममा विद्युत् ‘सट’ भएर आगलागी भएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ । राति करिब पौने २ बजेबाट लागेको आगो दमकल, इलाका प्रहरी कार्यालय भण्डारको टोली र स्थानीयवासीको सहयोगमा डेढ घण्टापछि निभाइएको थियो ।

आगलागीका कारण दाना बनाउने मेसिनमा क्षति पुगेको छ । तयारी दाना, दाना उत्पादनका लागि राखिएको मकै, पिना र ढुटो जलेर नष्ट भएको उद्योगका सञ्चालक किरणभूषण ओलीले बताए । आगलागीबाट करिब एक करोड ५० लाख रुपैयाँको क्षति भएको उनको भनाइ छ ।