काठमाडौँ — नाबालिग बलात्कारको आरोप लागेका नेपाली राष्ट्रिय क्रिकेट टोलीका निलम्बित कप्तान सन्दीप लामिछानेले जारी सीपीएल छाडेर केही दिनमै स्वदेश फर्किने बताएका छन् ।
शुक्रवार बिहान फेसबुकमा स्टाटस लेख्दै आफूमाथि लागेको आरोप निराधार भएको भन्दै कानूनी लडाइँ लड्न तयार रहेको प्रतिक्रिया दिएका छन् । उनले आफू निर्दोष रहेको र कानूनले आफूलाई न्याय दिने विश्वास व्यक्त गरेका छन् ।
सन्दीप सीपीएलको सिलसिलामा वेष्ट इन्डिजमा छन् । किशोरी बलात्कारको आरोप लागेपछि उनले पहिलोपटक मुख खोलेका हुन् । गत मंगलबार १७ वर्षीया किशोरीले बलात्कारको आरोप लगाएपछि बिहीबार प्रहरीले पक्राउ पुर्जी जारी गरेको थियो ।
त्यसलगत्तै नेपाल क्रिकेट संघ (क्यान) ले उनलाई निलम्बन गरेको छ ।
प्रतिक्रिया