Breaking

सन्दीप प्रकरणमा खुल्दै रहस्य, प्रहरीले अब के गर्छ ? (भिडियोसहित)

यसरी फसे सन्दीप


काठमाडौँ – १७ वर्षीया नाबालिगमाथि बलात्कार गरेको आरोप लागेका राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेविरूद्ध पक्राउ पुर्जी जारी भएको छ ।

काठमाडौँ जिल्ला अदालतले उनलाई पक्राउ गर्न बिहीबार अनुमति दिएको जिल्ला प्रहरी परिसर काठमाडौंले जानकारी दियो । मुलुकी अपराध (संहिता) ऐन, २०७४ को परिच्छेद-१८ को दफा २१९ को ‘जबरजस्ती करणी गर्न नहुने’ कसुरमा सन्दीप लामिछानेमाथि थप अनुसन्धान गर्न काठमाडौँ जिल्ला अदालतले अनुमति दिएसँगै पक्राउ पुर्जी जारी गरेको ।