विदेश

बेलायतकी महारानी एलिजाबेथ द्वितीयको निधन


काठमाडौँ – बेलायती महारानी एलिजाबेथ द्वितीयको निधन भएको छ । बेलायतमा सबैभन्दा लामो समय शासन गरेकी महारानी एलिजाबेथको ९६ वर्षको उमेरमा निधन भएको हो ।

७० वर्ष बेलायतको राजकीय सत्ताको नेतृत्व गरेकी एलिजाबेथ द्वितीयको बालमोरल दरबारमा निधन भएको बीबीसीले जनाएको छ । उनले सन् १९५२ मा सत्तारोहण गरेकी थिइन् ।

स्वास्थ्यमा समस्या देखिएपछि उनलाई स्कटल्यान्डस्थित उनकै निवासमा चिकित्सकको निगरानीमा राखिएको थियो । उनको निधनपश्चात् उनको जेठो छोरो राजकुमार चार्ल्स नयाँ राजा बनेका छन् ।

बकिङ्घम राजदरबारले जारी गरेको विज्ञप्तिमा भनिएको छ,।