Breaking

काठमाडौं उपत्यकामा इन्द्रजात्राको रौनक, विदेशी पाहुनाको कसरी हुँदैछ व्यवस्थापन ?


काठमाडौँ — यति बेला काठमाडौं उपत्यकामा इन्द्रजात्राको रौनक जारी छ ।आपसी सदभाव र एकताको सुत्रमा बाध्न अभिप्रेरित गर्ने इन्द्रजात्राको इतिहास र महत्व के छ त ? वर्षा र सहकालका देवता,देवराज इन्द्रको पूजा–आराधना गरी परम्परागत रूपमा इन्द्रजात्रा पर्व मनाइँदैछ।जसका लागि यतिबेला बसन्तपुर क्षेत्र बेहुलीझै सिंगारिएको छ ।विशेषत नेवारसमुदायको सांस्कृतिक चाडका रुपमा लिइएको इन्द्रजात्रामा अन्य समुदायपनि रमाउने गरेकाछन् ।

प्रत्येक वर्ष भाद्र शुक्ल चतुर्दशीका दिनपर्ने यो पर्व काठमाडौं, ललितपुर, भक्तपुर, धुलिखेल, दोलखालगायतका स्थानमा मनाइन्छ। भाद्र शुक्ल द्वादशीका दिन हनुमानढोकाअगाडि धार्मिक विधिपूर्वक इन्द्रध्वजासहितको लिङ्गो ठड्याइएपछि प्रारम्भ हुने यो जात्रा विभिन्न प्रकारका नाचगान, रथयात्रा र देवीदेवताको पूजाआजा गरी आठदिनसम्म मनाउने प्रचलन छ।सांस्कृतिक महत्व बोकेको यो जात्राले नेपाली समुदायलाई एकतामा त बाधेकै छनै संँगैसँगै विदेशी पाउनाहरुलाई पनि स्वागत गर्ने गरेको छ । विशेषत पर्यटकहरु पनि यो सिजनमा काठमाडौं ओर्लन बढी रुचाउछन् । हरेक वर्षको भाद्र शुक्ल द्वादशीका दिन हनुमानढोकामा ३६ हात लामो लिङ्गो ठड्याएर इन्द्रजात्रा पर्वको सुरुवात गर्ने प्रचलन छ ।

विशेषत इन्द्रजात्राको दिन काठमाडौ उपत्यकामा सार्वजनिक विदा दिने चलन छ । इन्द्रजात्रालाई सव्य र भव्य रुपमा सम्पन गर्न लागि परेको काठमाडौ महानरपालिकाले विदेशी मुलका पाहुनालाई इन्द्रजाताको दिन काठमाडौं ओराल्ने तयारी गरेको छ । इन्द्रजात्रा काठमाडौं उपत्यकाबासीको चाड मात्रै नभएर यसलाई देशको मौलिक संस्कृति, भेषभुषा र रितिरिवाजसँग जोडेर अन्तराष्ट्रिय रुपमा चिनारी स्थापित गराउन महानगर लागि परेको छ ।

यस अघिका मेयर विद्यासुन्दर शाक्यको निकम्मापनबाट वाक्क दिक्क भएका काठमाडौँबासीले जनप्रतिनिधिमा नयाँ अनुहार रोजेका थिए । जनताले मेयर मात्रै होइन उप मेयरमा पनि नयाँ अनुहार राजनीतिमा नलागेका व्यक्ति रोजेका थिए । अहिले मेयर उपमेयरको जोडीले काठमाडौँबासीको मतलाई न्याय गर्न खोजेको देखिन्छ । संस्कृति जगेर्नाका विषयमा महानगरको तत्परतालाई जनताले पनि साथ दिएका छन् ।