Breaking

कांग्रेसमा भाँडभैलो,शेखरको देउवालाई ठाडो चुनौती, पूर्वराष्ट्रपति पनि असन्तुष्ट


काठमाडौँ — स्थानीयतहनिर्वाचनको समिक्षा र आगामीनिर्वाचनको लेखाजोखा गरेर प्रदेश र संघको निर्वाचनमा समेत तालमेल गर्ने निर्णय गरेको कांग्रेस गठबन्धनै कारण कलहमा छ । यसले पार्टीभित्र र बाहिर समेत चौतर्फि घेराबन्दीमा पर्दै आएका सभापति देउवामाथीथप संकट बढेको छ । आमनिर्वाचन राजनीतिकदलकालागि जनताबाट प्रमाणित हुने एक मात्रअवसर हो । फलतनिर्वाचनताकाजनमतआफ्नो पक्षमापार्न दलहरुले सबै शतिmखर्चर्ने गर्दछन् । प्रमुखप्रतिपक्षएमाले र सत्तागठबन्धन गरी दुई धूव्रमाधूर्विकृत दलहरुकोनिर्वाचन केन्द्रीतदौडधूपमा व्यस्त छन् ।

यहि मेसोमावर्तमान सरकारको नेतृत्व र सत्तागठबन्धनको मुख्यदल समेत रहेको कांग्रेस भने चौतर्फि घराबन्दीमा छ । सभापति देउवाप्रतिपक्षदलदेखि ,गठबन्धनभित्रका दलर आफ्नै पार्टीका नेताहरुको पेलानमा परिरहेका छन् । गतनिर्वाचनमापाँचवर्षका लागिजनताले प्रतिपक्षमा राखे पनि संयोगले एकाएकदेउवाले सरकार सम्हाल्ने मौका पाए । गठबन्धन गरेर भर्खरै सम्पन्न स्थानीयतहमाकांग्रेसको नतिजा केहि सुध्रियो । फलतआगामीनिर्वाचनमापनि पार्टीभित्रको चर्को आलोचना र दवावकाबीचआफु ८५ सिटमा खुम्चिएर भएपनि गठबन्धन कायमै राखेरपहिलो शतिmबनाउने रणनीतिमा छ कांग्रेस ।

गठबन्धन नगर्दा कांग्रेसभित्रशीष नेतृत्व नै हार्ने र अर्कोतर्फ कम्युनिष्ट एक भएविगतकै परिणाम भोग्नु पर्नेमा देउवाजानकार छन । देउवाले सार्वजनिकमञ्चहरुमै गठबन्धनको विरोध गर्नेहरुलाई एक्लै निर्वाचनजितेर आउन सक्नुहुन्छ भनेरप्रश्न सोध्ने गरेका छन् । पार्टीभित्रकाशीर्ष नेताहरु कृष्णप्रसाद सिटौलादेखि रामचन्द्र पौडेलसम्मका नेताहरु नै गठबन्धन विनाजित्ननसक्ने भएकाले गठबन्धनको पक्षपोषण गर्दै देउवासँगआफ्नो गुटको भागहत्याउने दाउमा छन ।

तर महाधिवेशसनपछि पार्टीभित्रप्रतिपक्ष बनेका शेखर कोइराला समूह सुरुवातदेखि नै गठबन्धनको विरोधमा छ । कांग्रेस केन्द्रिय समितिले बहुमत सहित गठबन्धन गर्ने विषय निर्णय नै गरे पनिकांग्रेस सय सिट भन्दातलझरे सह्य नहुने,पार्टीभित्रविद्रोह हुनेसम्मकाअभिव्यतिmयो समूहले दिँदै आएको छ ।

देउवातर्साउन के.पिओलीनिवास बालकोटधाउने गरेका शेखर कोइरालापदाधिकारीमायुवाको साथबोकर पनि पार्टी निर्णयमाभने निरिह जस्तै देखिन्छन् । उनले देउवाको आलोचनागर्न सार्वजनिकमञ्च नै रोज्दै आएका छन । त्यसैले शेखर कोइराला समूहले सभापति देउवाको आलोचनगर्नु कांग्रेस जनमा नौलो होइन ।तर बौद्धिक वर्गले समेत एजेन्डै नमिल्नेसँग चुनवाजित्नकै लागिभएको गठबन्धनमाथी निरन्तर प्रश्न उठाई रहेका छन ।

कांग्रेसलाई नैतिकप्रश्ननिरन्तर उठिरहेकै छ ।यहिक्रममापूर्व राष्ट्रपति राम वरण यादवले समेतकांग्रेसको भविष्यलाई लिएरप्रश्न उठाएका छन । नेपालीकाँग्रेसले जनताको बीचमाजानपनि अंशबण्डा गरिरहेको भन्दै चिन्ता प्रकट गरेका छन । उनको यो अभिव्यतिmकांग्रेसभित्रको कलहकुनतहमापुगेको छ भन्ने प्रष्ट हुन्छ ।

कांग्रेसभित्रबलियो बहुमतमा रहेका देउवाअरुका कुरा कम सुन्छन तर सुनेका कुरा कार्यन्वयन गर्छन । तर गठबन्धनको दाउपेच देउवाकालागिफलामको चिउरा चपाए सरह बनि रहेको छ । निर्वाचनको मुखमासिफारिस देखि विवादको चाँङ बोकेको कांग्रेस टिकट दिँदापनिविवादमुतmबन्न सक्ने देखिँदैन । आफनै मतगुमाउनेअवस्थामा रहेका कांग्रेसले अन्य पार्टीको मत बटुलेर निर्वाचनजित्ला?यदियीकलह निमिट्यान्ननपारे कांग्रेसमुखीनतिजामात्रहोइन सभापति देउवाको सातौ पटक प्रधानमन्त्रीबन्ने धोकोमा समेत धोका हुने डर बढेको छ ।