Breaking

देउवाको प्रधानमन्त्री यात्रामा प्रचण्ड चुनौती बन्दै ! यसरी हुँदै छ मतदातालाई देखाएको सपनामाथि धोका


काठमाडौँ — प्रमुखप्रतिपक्षीदलएमालेले आगामीप्रधानमन्त्रीको नामनै किटान गरेर चुनावीतयारीमाहोमिदा सत्ता गठबन्धनभित्र भने अलमल देखिएको छ । स्थायी सरकारको एजेन्डासहित ओली सरकारलाई विस्तापित गरे मुलुकको नेतृत्व गरेको गठबन्धन सरकारले भावीप्रधानमन्त्रीको रुपमाकसको नाम अघि सार्ला ? सिट वाँडफाडको रस्साकस्सीमा रहेको सत्ता गठबन्धनभित्र आगामी नेतृत्व कस्को भन्ने प्रश्न समेत अहमबन्दै गएको छ ।

भागवण्डामा सहमति नजुट्दा यसबारे छलफल समेत नगरेको गठबन्धनले कसरी नेतृत्वको विषय टुङ्गो लगाउछ भन्ने चासो बढेको छ । निर्वाचन अघि गठबन्धन गर्नु र मतदातालाई बन्धनमापार्नु अलोकतान्त्रिककदमभएको राजनीतिकविश्लेषकहरुै भनाईकावीचउनीहरु आगामीदिनमा स्थिर सरकार दिने भन्दै मतदातासम्मजाने तयारीमा छन । यहिबीचमाकुनै एक सानो दलको मात्र साथमात्रपाएपनि सरकार बनाउने अवस्थासिर्जना गर्ने दाउमाकांग्रेस देखिएको छ ।

माओवादीअध्यक्षपुष्पकमलदाहाल प्रचण्डको प्रधानमन्त्रीबन्ने ईच्छा र माओवादी निर्णायकदलबन्ने अवस्थाखतरनाक बन्ने सभापती शेरबहादुर देउवाको बुझाई छ । उता प्रचण्ड भने सत्ताको चावीअर्काको हातमापुगे आफू महत्वहिनबन्ने तर्फ सतर्क देखिन्छन् । यहि कारण सिट वाँडफाटको गाठो समेत नफुकेको अवस्थामाउनीकसै गरे कांग्रेसको हातमासिधै नेतृत्वजानदिने पक्षमा छैनन । तर निर्णायकशक्ती नै बन्ने निश्चितपनिनभईसकेको अहिलेको अवस्थामाउनीपर्ख र हेरको अवस्थामा छन ।

विगतमापनि नेतृत्वको आलोपालोकै कुरा नमिल्दा सुरुभएको पार्टी भित्र झगडाको भुल्ननसकेका प्रचण्ड पुनत्यो अवस्थानआओस् भन्नेमा सचेत देखिन्छन् । फलतआगामी नेृतत्वकसले गर्ने भन्ने विषयनिश्चितनभएको खण्डमा गठबन्धनको भविष्यमाथि नै प्रश्न उठ्ने निश्चितप्राय नै छ । यो अवस्थमा प्रचण्डलेभने निर्वाचनअगावै भावीप्रधानमन्त्रीकाबारेमाचर्चा गर्न आवश्यक नरहेको टिप्पणी गरेका छन्। अहिले सबै मिलेर मंसिर ४ को निर्वाचन सफलतापूर्वक सम्पन्नगर्नु नै मुख्यविषयभएको उनको भनाई छ ।

केहि समय अघिप्रधानमन्त्रीहुन्नभन्ने अभिव्यक्तीपनिदिएकाप्रचण्डलेअहिले भने बाटो नै बन्दभने नभएको आशयको अभिव्यक्तिदिनथालेका छन् । यद्यपीउनको कदम र दौडधुप तथाविगतको उदाहरणले समेत देउवालाई कुुर्सीमाबसालेर आफू पृष्ठपोषक मात्रहुने कुरा विश्वास गर्ने आधार देखिदैन । यताआगामी सत्तारोहणकै सुनिश्चितताकालागि गठबन्धन गर्ने निर्णय गरेको देउवापनिपछि हट्ने कल्पनागर्न सक्ने अवस्था छैन ।

कम्युनिष्ट विरुद्ध कम्युनिष्ट प्रयोग गरेर आगामीपाँचबर्ष आफू प्रधानमन्त्रीहुने सोचमा रहेका देउवाबरु भागवण्डामालचिलो हुने रणनितिमा छन । तर त्यसकालागि प्रचण्डले वेईमानहुने सुविधाको अवस्थार प्रचण्ड आफ्नो बाधकबन्ने अवस्थानओस भन्नेमाउनी सचेत देखिन्छन । यहि कारण आगामीचुनावको नतिजाले मात्र नेतृत्वमा को भन्ने निर्धारण गर्ने भनेर प्रचण्डलाई सत्तारोहणको बाटो नै बन्दभएको छैन है भन्ने सन्देश दिनउनीव्यस्त छ । यता पार्टीभित्र त देउवाको विकल्प अरु कोहिनभएको नेताहरुले बताँउदै आएका नै छन ।

आगामी नेतृत्वकसको भन्ने प्रश्न गठबन्धनको मजभूतिमापनि भर पर्ने देखिन्छ । अहिले पनि ठुलो दलप्रतिपक्षमा रहेको अवस्थामाआगामीनिर्वाचनमा प्रचण्ड निर्णायकशक्तीबनेमापहिलो दलबन्नेमा ढुक्क रहेको काँग्रेस प्रचिपक्षमा र अन्यदल सत्तामा रहने सम्भावनालाई नकार्न सकिँदैन । किनभने आफै निर्णायकशक्ती बने कुन समिकरण प्रधानमन्त्रीहुनफलदायक हुन्छ त्यो रोज्नेमा प्रचण्डले आनाकानीगर्ने छैनन् । जुनअवसर एमालेले पनि हेरिरहेको छ । तर यो परिस्थितीभने गठबन्धनले मतदातालाई देखाएको सपनामाथिको धोका हुने छ ।