Breaking

सय सिट कांग्रेसले नपाए विद्रोह हुन्छ: शेखर कोइराला


काठमाडौँ — नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले प्रतिनिधिसभा निर्वाचनमा प्रत्यक्षतर्फ सय सिट कांग्रेसले नपाएमा विद्रोह हुन सक्ने बताउनुभएको छ । आज जनकपुराधाममा नेपाल प्रेस युनियनको कार्यक्रममा सम्बोधन गर्दै उहाँले कांग्रेसमा उम्मेदवारका आकांक्षी नेताको व्यवस्थापन गर्न सय सिट चाहिने बताउनुभयो ।

चुनावमा कांग्रेसको बहुमत महत्वपूर्ण रहेको बताउँदै नेता कोइरालाले कांग्रेसको केन्द्रीय समितिले एकल बहुमत आउने गरी तालमेल गर्ने निर्णय गरेको बताउनुभयो ।