काठमाडौँ — जबरजस्ती करणीको आरोप लागेपछि नेपाली क्रिकेट कप्तान सन्दीप लामिछानेले नेपाल क्रिकेट संघ क्यानलाई सहयोग गर्न आग्रह गरेका छन् ।
लामिछानेले कानुनी उपचारका लागि सहयोग गर्न क्यानलाई आग्रह गरेका छन् । हाल क्यारेबियन प्रिमियर लिग खेल्ने वेष्ट इन्डिज ९जमैका०मा रहेका सन्दीपले क्यानसँगको कुराकानीमा कानुनी लडाइँ लड्ने बताएका छन् ।
एक १७ वर्षीया बालिकाले जबरजस्ती करणी गरेको भन्दै सन्दीपविरुद्ध बलात्कारको उजुरी दर्ता गरेकी छन् । सन्दीपलाई आरोप लागेको खबर सार्वजनिक भएपछि क्यान अध्यक्ष चतुरबहादुर चन्द बुधबार बेलुका काठमाडौँ आइपुगेपछि क्यानका पदाधिकारीबीच छलफल भएको थियो ।
यस्तै सन्दीप सीपीएलको खेलेर खेलेर मात्र फर्कने भएका छन् । बुधबार राति भएको जमैका तल्लावाजको खेलमा भने सन्दीपले खेल्न पाएनन् ।
प्रतिक्रिया