काठमाडौँ — सरकारले प्रतिनिधि सभाको कार्यकाल नयाँ सांसद्को पहिलो बैठकसम्म जारी रहनेगरी कानुन संशोधन प्रस्ताव अघि सारेकोमा सांसद्हरुले आपत्ति जनाएका छन् । प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद्हरुले सरकारको यो कदमको विरोध मात्र गरेनन्, केहीले त संसदको कार्यकाल सकिएको भन्दै पदबाट राजीनामाको घोषणा पनि गरे ।
सरकारले अनावश्यक रुपमा प्रतिनिधिसभाको कार्यकाल लभ्याउन खोजेको भन्दै राप्रपाका सांसद राजेन्द्र लिङदेनले संसद पदबाट राजीनामाको घोषणा नै गरे । राप्रपा अध्यक्ष समेत रहेका लिङदेनले चुनाव घोषणा भैसकेपछि संसद चलिराख्नु उपयुक्त नभएको भन्दै राजीनामाको घोषणा गरेका हुन् । यसै सन्दर्भम योहो टेलिभिजनको सत्य संवादमा कार्यक्रम राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनसँग गरिएको अन्तर्वार्ता :


प्रतिक्रिया