काठमाडौँ — नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र उपमहासचिव जनार्दन शर्माबीच सार्वजनिक मञ्चमै नोकझोक भएको छ । जसले माओवादीभित्रको अन्तरद्वन्द्वलाई छताछुल्ल बनाएको हो । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेता जनार्दन शर्माबीच पहिल्यैदेखि टकराव थियो ।
केन्द्रभन्दा स्थानीयस्तरमा उनीहरुका गुटलेएकअर्काको अनुहारसमेत हेर्दैनन् ।सरकारदेखि पार्टीका विभिन्न निकायमा जनार्दनले टक्कर चर्काएरै प्रचण्डसँग हिस्सा माग्दै र भाग खाँदै आएका छन् । अहिलेसम्म उनीहरुबीचको द्वन्द्व पार्टीभित्रको बन्द कोठामा मात्रै सीमित थियो । तर बुधबारदेखि उनीहरु सार्वजनिक मञ्चमै एकअर्काविरुद्ध छताछुल्ल भएका छन् ।
अब उनीहरुसँग लुकाउनुपर्ने र देखाउनुपर्ने केही बाँकी छैन । बुधबार माओवादी केन्द्रनिकट विधार्थी संगठन अखिल क्रान्तिकारीले आयोजना गरेको कार्यक्रममा प्रचण्ड र जनार्दनबीचठोकाठोक नै भयो ।जनार्दन आफ्नाविरुद्ध सार्वजनिक मञ्चमै छताछुल्ल भएपछि प्रचण्डले समेत उनकाविरुद्ध बोल्न कुनै कसर बाँकी राखेनन् ।
जनार्दनले आफु प्रचण्डको आलोचक भएको र आलोचना गर्ने दाबी गरे ।पार्टीका नेता कार्यकर्तालाई समेत नेतृत्वको आलोचना गर्न निर्देशन नै दिए । आफुले सबैभन्दा धेरै प्रचण्डको रक्षा पनि गरेको दाबी गर्दै कडा रुपमा प्रस्तुत भए । जनार्दनले मुख्यतः प्रचण्डको नीति, नेतृत्व र कार्यशैलीमाथि प्रश्न उठाउँदै आलोचना र रक्षाको नाम दिएर चर्काे विरोध गरेका थिए ।
जवाफमा प्रचण्डलेजनार्दनलाई हुर्काउन र रक्षा गर्न प्रचण्डको भूमिका पनि कम्ता नरहेको कटाक्ष गरे । ठोकठाक त्यतिकैमा रोकिएन ।प्रचण्डलेकुरा लगाउने र चाकडी गर्ने लाइनेको कुरा सुनेर सत्यलाई ढाकछोप गर्दै पार्टीको नीति निर्माण गरेको आरोप जनार्दनले लगाए । जवाफमा प्रचण्डले जनयुद्धदेखि संविधानसभा र संघीय लोकतान्त्रिक गणतन्त्रको नेतृत्व प्रचण्डबाटै सफल भएको कुरा जनार्दनलाई सम्झाए । अहिलेसम्म पार्टीमाप्रचण्डको उत्तराधिकारी तयार नभएको विषयसमेत प्रचण्डले उजागर गरे । मुख्यतः प्रचण्ड–जनार्दन मनमुटावको कारण पदाधिकारी चयनमा गएर जोडिएको छ ।
अर्थमन्त्रीसमेत रहेका जनार्दन पार्टीको महासचिव पदका दावेदार थिए । उनीसँगै अर्का नेता वर्षमान पुनको दाबी पनि महासचिवमै थियो । तर दुई नेताबीच पदकै लागि टकराव चर्किएपछि प्रचण्डले देव गुरुङलाई ल्याएर महासचिव बनाइदिए । भदौ ४ मा जनार्दन र बर्षमानसहित ७ जनालाई उपमहासचिवको जिम्मेवारी दिए ।
जसमा बर्षमान तेस्रो र जनार्दन चौथो नम्बरको उपमहाचिवमा छन् ।महासचिव हुन नपाएपछि चौथो नम्बरको उपमहासचिव बनेका जनार्दन आक्रोशितमात्रै छैनन् बुधबार उपमहासचिव पद पनि अस्विकार गरेका छन् ।
नेकपा छदा ओली र प्रचण्डहरुको यस्तै टकराव देख्न सकिन्थ्यो । नेकपा भंग भएपछि टकराव एमालेतिर स¥यो । माधव र ओलीबीचको खुलमखुला टकरावकै कारण एमाले विभाजन बन्दा प्रचण्ड रमिते मात्रै थिएनन््, खुलमखुला पार्टी विभाजनका लागि माधवलाई साथ दिएका थिए ।
अहिले उनकै विरुद्ध पार्टीभित्र टकराव चर्किएको छ । मञ्चमा मात्रै नभएर यो टकराव सडकमा पनि देखिएको छ । बुधबार नै सर्वाेच्च कमाण्डर सहभागि मञ्चमा विधार्थी संगठनको एउटा समूहले कार्यक्रम गरिरहँदा अर्काे समूह सडकमा निस्किएर आन्दोलन गरिरहेको थियो ।
किनकि विधार्थी संगठनमा पनि पदाधिकारी चयनको विषयमा विवाद हुँदा पवन कार्की नेतृत्वको समूहले समानान्तर गतिविधि चलाइरहेको छ । जसमा पनि जनार्दनले दोषको भारी प्रचण्डलाई बोकाएका छन् ।तर निर्वाचनकै मुखमा माओवादीभित्र चर्किएको द्वन्द्वले शुभ संकेत गरेको छैन ।
यसअघि अर्थमन्त्रीबाट निलम्बित भएर पुनः जिम्मेवारीमा फर्किएका जनार्दनलाई प्रचण्डले बचाउ नै गर्दै आएका थिए । तर करका दर हेरफेरदेखि अर्थमन्त्रालयका हरेक गतिविधिमा जनार्दनलाई प्रधानमन्त्री देउवाको साथ रहेकाले उनी पार्टी नेतृत्वविरुद्ध खुलेर बोलिरहेका छन् । जुन यसअघि माओवादीमा कमैमात्र देखिन्थ्यो ।


प्रतिक्रिया