Breaking

राष्ट्रपतिले नागरिकता विधेयकको विषयमा बिहिबार जसपा नेतालाई भेट्दै


काठमाडौँ — राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयकको विषयमा साना कम्युनिष्ट पार्टीसँग छलफल गरेकी छन् । छलफलका लागि नेकपा क्रान्तिकारी माओवादी, वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी, धर्मेन्द्र बाँस्तोला नेतृत्वको नेकपा बहुमत, नेत्रविक्रम चन्द नेतृत्वको नेकपाका नेतालगायत शितल निवास गएका थिए।छलफलमा कम्युनिष्ट पार्टीका नेताले नागरिकता विधेयकका सवालमा राष्ट्रपतिको पहल सकारात्मक रहेको बताएका थिए ।

राष्ट्रपति भण्डारीले नेपाल नागरिकता पहिलो संशोधन विधेयक, २०७९ माथिको विधेयकमा आफूले संसद समक्ष पठाएको पत्रमा राखेको बाहेक थप केही नभएको बताएकी थिइन् । राष्ट्रपति भण्डारीले आजै नेपाल मजदुर किसान पार्टीसँग छलफल गर्ने राष्ट्रपतिका सञ्चार विज्ञ टीका ढकालले बताए । यसअघि राष्ट्रपति भण्डारीले नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा मओवादी केन्द्र, राप्रपा र लोसपासँग छलफल गरिसकेकी छन् ।

बिहिबार राष्ट्रपति यादवले जसपाका नेताहरूसँग छलफल गर्न लागेको सञ्चार विज्ञ ढकालले बताए । राष्ट्रपति यादवले बिहिबारनै नेपाल प्रहरी र सशस्त्र प्रहरीका अवकासप्राप्त उच्च अधिकारीसँग छलफल गर्दैछिन् । उनीहरूसँग नागरिकता विधेयकबारे छलफल नहुने ढकालले बताए । उहाँहरूले पहिलैदेखि भेट्न खोज्नुभएको थियो । एक(एक जनालाई भेट्नुभन्दा सामुहिक भेट्न खोजिएको हो,’ ढकालले भने,‘उहाँहरू आफैंले विषय उठाउनु अलग कुरा हो। तर त्यो कार्यसूचि छैन ।