काठमाडौँ — गृह मन्त्रालयले ९ जिल्लाका प्रमुख जिल्ला अधिकारीको सरुवा गरेको छ । मंगलबार अपरान्ह काठमाडौँ र ललितपुरसहित ९ जिल्लाका प्रमुख जिल्ला अधिकारीको सरुवा गरिएको हो ।
निर्वाचनका कारण कर्मचारी सरुवा गर्न नपाइने भएपछि गृहले ९ जिल्लामा भने काजमा सरुवा गरेको हो । यसअघि नै निर्वाचन आयोगले सरकारको ध्यानाकर्षण गराउँदै प्रहरी प्रमुख र सीडीओ सरुवा गर्नु पर्ने भए समयमै सरुवा गर्न भनेको थियो ।
ललितपुरका प्रमुख जिल्ला अधिकार घनश्याम उपाध्यायलाई काठमाडौँ सरुवा गरिएको छ । ललितपुरमा जयनारायण आचार्य र कास्कीमा टेकबहादुर केसी सरुवा भएका छन् ।
जुम्लामा मुकेश केसरी, दैलेख गगनबहादुर हमाल, पाँचथर गणेश गैरे, संखुवासभा वीरेन्द्र यादव, उदयपुर जनार्दन गौतम र सप्तरीको सीडीओमा नरहरि खतिवडालाई सरुवा गरिएको छ ।


प्रतिक्रिया