समाचार

मकवानपुरको सिस्नेरी सडकखण्ड अवरुद्ध


काठमाडौँ – वर्षाका कारण खसेको पहिरोका कारणसिस्नेरी सडकखण्ड बिहानैदेखि अवरुद्ध भएको छ । इन्द्रसरोवर गाउँपालिका-३ तिरतिरेधारामा पहिराका कारण यातायात सेवा अवरुद्ध भएको हो ।

इलाका प्रहरी कार्यालय भीमफेदीका अनुसार सडक विभागका कर्मचारीले अहिले पहिरो हटाइरहेका छन् । अपराह्नसम्ममा यातायात सेवा पुनः सञ्चालनमा ल्याउने इलाका प्रहरी कार्यालय भीमफेदीका प्रहरी निरीक्षक प्रतिमा कार्कीले जानकारी दिइन् ।

पहिराका कारण हेटौँडा–भीमफेदी हुँदै काठमाडौँ जाने सवारीसाधन बाटोमै थन्किएका छन् । यात्रु साना सवारीसाधन प्रयोग गरी वैकल्पिक सडकमार्फत गन्तव्यतर्फ लागेका कार्कीले बताइन् ।