Breaking

स्थानीय तहको सय दिन, स्वतन्त्रको चर्चा हुँदा किन हराए दलका जनप्रतिनिधि ? (भिडियोसहित)


काठमाडौँ — गत बैशाख ३० मा सम्पन्न स्थानीयतहको निर्वाचनमार्फत निर्वाचितअधिकांशजनप्रतिनिधिले आफ्नोकार्यकालको सय दिन पुरा गरेका छन । कस्तो रह्यो त जनप्रतिनिधिहरुको सय दिने कार्यकाल ?

गतबैशाख ३०मा सम्पन्न स्थानीयतहको निर्वाचनबाट निर्वाचितजनप्रतिनिधिले आफ्नो जिम्मेवारी सम्हालेको एक सय दिनपूरा भएको छ ।संघीयता कार्यान्वयनपछि स्थानीयतहले दोस्रो कार्यकालको अभ्यास गरिरहेको छ । जनप्रतिनिधिहरुले आफ्नो एक सय दिनको उपलब्धि सार्वजनिकगरिरहेका छन । यद्यपि यो अवधिमा७५३ स्थानीयतहमध्ये सबै भन्दा बढि चर्चा काठमाडौँ महानगरपालिका र धरानउपमहानगरकापालिकारहे ।

निर्वाचित भएलगत्तै महानगरको मुख्य समस्या फोहोर औल्याएका काठमाडौँ महानगरका मेयर बालेन्द्र शाहले आफ्नो सय दिनमा फोहोर व्यवस्थापनको दिगो व्यवस्थापन गर्न नसके पनि समधानका लागि योजना बनेको बताएका छन । पछिल्लो समय काठमाडौँमा अवैध संरचना भत्काउन आफै डोजर लिएर सडकमा पुगेर चर्चा बटुलेका बालेनको यो अभियानअहिले अन्य स्थानीय तहले समेत अनुसरण गरिरहेका छन ।

त्यसो त सय दिनमा गायक यमबुद्धको शालिक निर्माण र ई–स्पोर्ट प्रतियोगिता गराउने विषयले बालेन विवादित समेत बने । धरान उपमहानगरका प्रमुखहर्क साम्पाङ पनि आफ्नो चुनावी एजेन्डा खाने पानीको समस्या समधान गर्न जनश्रमदान गरेरै आफ्नो एजेन्डा उन्मुख छन ।

साम्पाङ सामाजिक सञ्जालमा व्यक्त गर्ने आफ्नो अभिव्यक्तिका कारण केहि आलोचित समेत बने । यी बाहेक अन्य स्थानी यतहहरुले पनि आफ्नो क्षेत्रमा काम गरिरहेकै छन । कति र कस्तो काम गरे विस्तारै लेखा जोखा हुँदै जानेछ । आफ्नो क्षेत्रमा उपलब्ध सीप, दक्षता, ज्ञान, स्रोतको खोजी परिचालन र उपयोगको अवधारणा समेत तय गरिरहेका छन ।

मुलुकभरका ७ सय ५३ वटै स्थानीय तहको सय दिन कस्तो रह्यो सतहीमा विश्लेषण गर्न पक्कै उचितनहोला । तथापी स्थानीयतहलाई अझ परिस्कृत गर्दै लैजानुपर्ने विश्लेषण विज्ञहरुको जोड छ ।