Breaking

आज निजामती सेवा दिवस मनाइँदै, भेटिएन सर्वोत्कृष्ट कर्मचारी


काठमाडौँ – आज १९ औं निजामती सेवा दिवस देशभर विविध मनाइँदैछ । ‘व्यावसायिक र सिर्जनशील प्रशासन स् विकास, समृद्धि र सुशासन’ भन्ने नाराका साथ निजामती सेवा दिवस मनाउन लागिएको हो ।

२०१३ साल भदौ २२ गते निजामती सेवा ऐन जारी भएको दिनको अवसर पारेर हरेक वर्ष भदौ २२ गतेलाई निजामती सेवा दिवसको रुपमा मनाउने गरिएको छ ।

दिवसको अवसरमा आज बिहान ८ बजे सिंहदरबार परिसरमा विशेष कार्यक्रम आयोजना गरिएको छ । कार्यक्रममा प्रधानमन्त्री शेरबहादुर देउवाको उपस्थिति रहने छ । सो अवसरमा निजामती सेवाका उत्कृष्ट कर्मचारीहरुलाई सम्मान गरिने छ ।

यस वर्ष पनि सरकारले सर्वोत्कृष्ट कर्मचारीको छनोट गर्न सकेन । हरेक वर्ष भदौ २२ गते निजामती दिवसको अवसर पारेर सर्वोत्कृष्ट, उत्कृष्ट र निजामती कर्मचारी पुरस्कार घोषणा गर्ने गरेको थियो । तर सरकारले यस वर्ष पनि सर्वोत्कृष्ट कर्मचारी भेट्टाएन । विगत ४ वर्षदेखि सरकारले सर्वोत्कृष्ट कर्मचारी पुरस्कार घोषणा गर्न छाडेको छ ।