काठमाडौँ — छैटौं महिला साफ च्याम्पियनसिप अन्तर्गत भुटानलाई पराजित गर्दै विजयी सुरुवात गरेको छ । नेपालले भुटानलाई ४–० ले पराजित गर्दै सानदार सुरुवात गरेको हो । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा मंगलबार भएको खेलमा नेपालको सानदार जितमा सावित्रा र अनिताले समान २-२ गोल गरे । खेलको तेस्रो मिनेटमा फ्रिकिकमा भुटानी खेलाडीको हेडर पोस्ट नजिकैबाट बाहिरिदा भुटान अग्रता लिनबाट चुकेको थियो ।
नवौं मिनेटमा सात्रिा भण्डारीको डि बक्स बाहिरको प्रहारले पोस्टको गति लिन सकेन । ११औं मिनेटमा हिरा कुमारी भुजेलको बक्स बाहिरको सशक्त प्रहार पोलमा लागेर फर्कदा नेपाल अग्रता लिनबाट चुक्यो । १२औं मिनेटमा सावित्राले गोल गर्दै नेपाललाई सुरुवाती अग्रता दिलाइन् । गोलरक्षक सविता मोनगेर अघि बढ्दै बललाई क्लियर गर्न खोजेको अवस्थामा अमिशासँग जुध्दै आएको बललाई सावित्राले खाली पोस्टमा गोल गर्न सफल भइन् ।
३२औं मिनेटमा गोलरक्षक सविता मोनगेरबाट फुस्किएको बललाई सावित्राले नियन्त्रणमा लिदै गरेको प्रहारलाई डिफेन्डरले क्लियर गरिदिइन् । लगत्तै अनिता बस्नेतको क्रसमा सावित्राको हेडर दोस्रो बार च्याप्दै बाहिरिदा नेपाल अग्रता दोब्बर पार्नबाट चुक्यो ।
प्रतिक्रिया