काठमाडौं — काठमाडौं महानगरपालिकाले अवैध रूपमा निर्माण गरिएका र सार्वजनिक जग्गा मिचेर निर्माण गरिएका सम्पूर्ण संरचना भत्काउने काम कसैले रोक्न नसक्ने भन्दै यसलाई निरन्तर अघि बढाउने जनाएको छ ।
अहिले कामपाले कानुनविपरीत निर्माण भएका सम्पूर्ण संरचना अवैध रहेकाले नक्सा पास नगरी निर्माण भएका र नक्सा पासअनुरूप निर्माण नगरिएका दुवै संरचना भत्काउने काम निरन्तर गर्ने जनाएको हो।
कानुनी रूपमा अवैध ठहर भएका सबै संरचना भत्काउने काम निरन्तर गरिने र त्यसका लागि कामपाले नक्साअनुरूप वैध, अवैध यकिन गरिरहेको कामपाका नगर प्रहरी प्रमुख राजुनाथ पाण्डेले बताए।


प्रतिक्रिया