Breaking

खल्तीबाट सिफारिस भएको उम्मेदवार स्वीकार्य हुन्न : प्रचण्ड


काठमाडौँ — नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रतिनिधि सभा र प्रदेश सभा चुनावको लागि उम्मेदवारी सिफारिस गर्दा खल्तीको नाम सिफारिस नगर्न सुझाव दिएका छन्। यदि पालिकाको सिफारिस नलिइ नाम सिफारिस गरिए नमान्ने उनले चेतावनी दिए ।

माओवादी केन्द्र सुदूरपश्चिम प्रदेश कमिटीको बैठकलाई मंगलबार धनगढीमा सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले उम्मेदवार छान्ने मापदण्ड पनि बताइदिए। उनले २३ भदौसम्म सबै उम्मेदवारको नाम पार्टी कार्यालय आइसक्नुपर्ने बताए। खल्तीबाट सिफारिस भएको उम्मेदवार स्वीकार्य हुन्न, प्रचण्डले भने, ‘पालिकाको सिफारिसका आधारमा जिल्ला समन्वय समितिले प्रदेशमा पठाउने, पर्सीसम्म २३ भदौ केन्द्रीय कार्यालयमा उपलब्ध भइसक्नुपर्छ।