काठमाडौँ — अभिनेता तथा निर्माता किरण केसी ‘रातामकै’ले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई फिल्म खेलाउने तयारी गरेका छन् । स्क्रिप्ट लेखन सुरु भएको फिल्मको लागि ओलीलाई दशैंपछि औपचारिक प्रस्ताव गर्ने उनले बताए ।
दुई दिनको लागि ओलीलाई फिल्म छायांकनमा समय माग्ने र पारिश्रमिक १० लाख रुपैयाँ दिने पनि केसीले बताए । ‘यो पारिश्रमिक दुई दिनको हो र मैले उहाँका चार–पाँचवटा दृश्य राख्न खोजेको हुँ,’ उनले भने ।
‘दशैंपछि औपचारिक रुपमा उहाँलाई फिल्म खेलाउन प्रस्ताव गर्नेछु । उहाँले हुन्न भन्न पनि सक्नुहुन्छ, तर उहाँलाई जसरी भए पनि कन्भिन्स गर्छु,’ केसीले भने, ‘किनभने उहाँलाई हार्मोनियम र गितार बजाउन आउँछ । जोक्स पनि गर्नुहुन्छ । कलाकारमा हुने गुण सबै उहाँमा छ ।’
प्रतिक्रिया