काठमाडौँ—नेकपा एमाले जिल्ला कमिटी सोलुखुम्बुले प्रदेशसभा सदस्य निर्वाचनको उम्मेदवारका लागिप्रदेश सभा १ (ख) समानुपातिकतर्फ आङकाजी शेर्पाको नाम सिफारिस गरेको छ । सोमबार बसेको जिल्ला कमिटी बैठकले एकमात्र निर्वाचन क्षेत्र रहेको सोलुखुम्बुमा पार्टीको तर्फबाट शेर्पाको नाम सर्वसम्मत सिफारिस गरेको हो ।
यस्तै प्रदेश सभा १ (ख) प्रत्यक्षबाट वर्तमान प्रदेशसभा सदस्य तथा एमाले प्रदेश १ प्रदेश सभाका प्रमुख सचेतक बुद्धिकुमार राजभण्डारी, आशकुमार राई ‘शिशिर’, मिङमार शेर्पा, जुनिता माया मगर र दीपक राजभण्डारीको नाम सिफारिस भएको छ । त्यस्तै समानुपातिकतर्फ कल्पना राई, श्याम क्षेत्री र डिबिरानापालको नाम सिफारिस भएको छ । बैठकले प्रतिनिधिसभा सदस्य निर्वाचनको उम्मेदवारका लागि केन्द्रीय सदस्य मानवीर राईको एकल नाम सिफारिस गरेको छ ।
एकमात्र निर्वाचन क्षेत्र रहेको सोलुखुम्बुमा पार्टीको तर्फबाट राईको नाम सर्वसम्मत सिफारिस जिल्ला कमिटीले जनाएको छ । बैठकले प्रतिनिधिसभाको समानुपातिकतर्फ सूर्यकुमारी सुनुवार र दाडोमा शेर्पाको नाम सिफारिस गरेको जिल्ला कमिटी सचिव आशकुमार राईले बताउनुभयो ।
एमालेले प्रदेश सभा १ (क)मा वर्तमान प्रदेश सभा सदस्यसमेत रहनुभएका उत्तमकुमार बस्नेत र महेश किरातीको नाम सिफारिस गरेको छ भने समानुपातिकतर्फ सावित्री भट्टराई, कल्पना गिरि (बस्नेत) र पार्वती राईलाई सिफारिस गरेको छ ।


प्रतिक्रिया