समाचार

गुल्मीमा करेन्ट लागेर एक जनाको मृत्यु


काठमाडौँ – गुल्मीमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ ।

जिल्लाको धुर्कोट गाउँपालिका वडानम्बर-४ जैसिथोकका ४२ वर्षका मानबहादुर रानाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।

आज (मंगलवार) बिहान रानालाई आफनै घरको छतमा करेन्ट लागेको थियो । करेन्ट लागेपछि २ तला माथिबाट खसेर घाइते भएका उनकोे उपचारको क्रममा गुल्मी अस्पताल तम्घासमा मृत्यु भएको प्रहरीले जनाएको छ ।