Breaking

बालेन शाहको अहिलेसम्मकै ठूलो साहस, टुकुचा खोला मिच्ने भूमाफिया त्रासमा (भिडियोसहित)

अवैध संरचना भत्काउने


काठमाडौँ — टुकुचा खोला अर्थात् इच्छामति नामले समेत चिनिने टुकुचा काठमाडौँको सभ्यता पनि हो । तर टुकुचालाई आफ्नै अस्तित्व जोगाउन यति बेला हम्मे हम्मे छ । आफु भन्दा ठूलो अर्को आइलागेपछि हेपिएर टुकुचा अहिले खोला नभएर सानो कुलोको रुपमा बगिरहेको छ ।

बुढानिलकण्ठबाट बग्ने टुकुचा झण्डै ६ किलो मिटर बगेपछि थापाथली नजिक पुगेर बाग्मतीमा मिसिन्छ । तर बाग्मतीसम्म पुगुन्जेल टुकुचाले बीचमा कयैन पटक दम तोडेको छ । यति बेला भूमाफिया र लोभी पापी प्रवृत्तिका फाइँफट्टेहरुले टुकुचालाई जबरजस्ती खुम्च्याएको छन्, र खोला झोलामा हालेर गगनचुम्बी भवनहरु ठड्याएका छन् । कहाँबाट पस्ने र कहाँबाट निस्किने भन्ने यो खोलाको गन्तव्य हराएको छ ।

नहराओस पनि कसरी, कुनै बेला पानीको बहावमा आफ्नो बाटो लिएर बग्ने टुकुचा खोलामा अहिले ठूला ठूला आलिसान भवनमा बनेकाछन् । आलिसान बिल्डिङ छिचोल्न नसकेको टुकुचा अहिले आफै निसास्यिर खोला नभएर कुलोको रुपमा परिणत छ ।