Breaking

डेंगुको डरलाग्दो प्रकोप ! नियन्त्रण गर्न सरकारको ध्यानकर्षण, ‘खोज र नष्ट गर’ अभियान होला त प्रभावकारी


काठमाडौँ — एडिस जातको लामखुट्टेको टोकाइबाट सर्ने डेंगु संक्रमण थपआक्रमक रुपमा फैलिरहेको छ । अस्पतालहरुमा डेंगुका विरामीको चाप बढ्दो छ । डेंगुलाई महामारीको रुप नदिन र संक्रमण नियन्त्रण गर्न के गर्दैछ सरकार ? एडिस एजिप्टाई जातको लामखुट्टेको टोकाइबाट सर्ने डेंगु संक्रमण थप भयवह बन्दै गएको छ । आइतवारसम्म देशभर डेंगु संक्रमितको संख्या पाँच हजार नाघेको छ ।ललितपुर,काठमाडौ,मकवानपुर,रुपन्देही,धादिङ,भतmपुर,तेह्रथुम,सिन्धुली,गुल्मी,संखुवासभा लगायतका जिल्ला डेङ्गुको उच्च जोखिममा छन् । प्रदेशगत रुपमा बाग्मति प्रदेश बढि जोखिममा छ । कुल संक्रमितमध्ये ३७ सय बढि बाग्मतिप्रदेशका रहेका छन ।

डेंगु एक किसिमको भाइरल ज्वरो भएकाले कुनै औषधिउपचार छैन । चिकित्सकीय सल्लाह अनुसार निगरानी महत्वपूर्ण मानिन्छ । देशभर डेंगुको प्रकोप बढेसँगै डेंगु नियन्त्रण वारे सदनको समेत ध्यानकर्षण भएको छ । सांसदहरुले डेंगु नियन्त्रण गर्न सरकारलाई तत्काल पहल गर्न माग गरेका छन । सिमा क्षेत्रमा निगरानी साथै उपचारमा ध्यानकर्षण गराएका छन ।दशैंतिहार ताका बढी देखिने डेंगु यसवर्ष अगाडि नै देखिनु चिन्ताको विषय त बनेको छ । निरन्तर उकालो लागेको संक्रमणदर कतै महामारीकै रुपमा फैलिने त होइनत्रास समेत बढेको छ ।यता सरकाले डेंगु नियन्त्रण तथा जोखिम कम गर्न स्थानीयतहसँग समन्वय गरी सुचनाप्रवाह,सचेतनामूल कार्यक्रम सहित डेंगुको लार्भा ‘खोज र नष्ट गर’ अभियानलाई तिव्रता दिइएको जनाएको छ ।

चिकित्सकहरुका अनुसार तीनदिनदेखि १० दिनसम्म लगातार ज्वरो आयो भने डेंगु भएको बुझ्नु पर्छ । डेंगु ज्वरो आउदाँ शरिरको तापक्रम १०२ डिग्रीदेखि १०३ डिग्रीसम्मको हुन्छ । ज्वरो आउने,अत्याधिक टाउको र शरीरको मांशपेशी दुख्नु, शरीरमा साना खटिरा आउने,वाकवाकलाग्ने÷बान्ताहुने, आँखाको गेडी दुख्ने, खानामाअरुचि,ज्वरो आएको अवस्थामा नाक तथा गिजाबाट रक्तश्राव हुने र छालामुनि रक्तस्राव हुनु आदि डेंगुका लक्षण हुन् ।

डेंगु फैलाउने लामखुट्टेविहान, दिउँसो र साँझपखबढी संक्रियहुने भएकोले संक्रमितहुने सम्भावनापनि सोहि समयमा बढी हुन्छ । यस समयमालामखुट्टेको टोकाइबाट बच्न सतर्क रहनु चिकित्सकको सुझाव छ । डेंगु ज्वरोबाट बच्नलामखुट्टेको टोकाइबाट बच्नुका साथै लामखुट्टेको बृद्धि रोक्न जरुरी छ । पानीजम्न सक्ने भाँडाहरू गमला, फुलदानी, खालीबट्टा र पुराना टायरहरूमा पानी जम्न दिनु हुँदैन । यो लामखुट्टेले दिउँसो टोक्ने हुँदादिउँसो बस्दा बाहुलाभएको वा शरीर ढाकिने लुगा लगाउन र सुत्दाझुल प्रयोग गर्न चिकित्सकको सुझाव छ ।