देश

सर्लाहीको हरिवनबाट कौडाजुवा खेलिरहेका १२ जना नगदसहित पक्राउ


काठमाडौँ — कौडा जुवा खेलिरहेको अवस्थामा नगदसहित १२ जना जुवाडेहरुलाई प्रहरीले पक्राउ गरेको छ । सोमबार बिहान २ बजेको समयमा सर्लाहीको हरिवन नगरपालिका वडा न(२ स्थित छाप्रोमा कौडा खेलिरहेका जुवाडेहरुलाई नगद रकमसहित पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरुमा महोत्तरी जिल्ला बर्दिबास नगरपालिका वडा न ८ बस्ने २९ वर्षीय हिरा बहादुर श्रेष्ठ ,सोही जिल्लाको औरही नं पा बस्ने ३८ वर्षीय हरिनारायण महतो,हरिवन न पा २ बस्ने ४९ वर्षीय टीका प्रसाद घिमिरे,लालबन्दी न पा १ बस्ने चाँद खाँ,हरिवन न पा २ बस्ने ३० वर्षीय भिम लामा,कौडेना गाउँपालिका २ बस्ने ५४ वर्षीय चुनिलाल चौधरी,हरिवन न पा १ बस्ने ३५ वर्षीय तेज बहादुर गोले,सोही ठाउँ बस्ने ५४ वर्षीय शंकर श्रेष्ठ,हरिवन न पा २ बस्ने ४० वर्षीय हरि पौडेल,सोही ठाउँ बस्ने ३४ वर्षीय मान बहादुर थिंग,पर्सा जिल्ला परसौनीभाठा न पा २ बस्ने ५४ वर्षीय पानालाल प्रसाद साह र धनुषा जिल्ला मिथिला विहारी न पा ७ बस्ने ५९ वर्षीय ईश्वरी साह रहेको जिल्ला प्रहरी कार्यायल सर्लाहीका प्रवक्ता एवं डिएसपी बिजय यादवले जनाएको छ ।

हरिवन न पा १ स्थित एक छाप्रोमा केही ब्यक्तिहरु कौडा खेलिरहेको छ भन्ने बिशेष सुचनाको आधारमा छापा मार्न गएका प्रहरी टोलीले उनीहरूलाई २ लाख ७१ हजार ६ सय रुपैया नेपाली र २५० रुपैया भारतियसहित ४ पिस कौडा,४ पिस तास,२ बट्टा पाउडर,२ थान ओछ्याउने कार्पेट ,४ थान काठको तख्ता,१ थान हुक्का ,१ थान सानो इन्भर्टर र ८ पिस मोबाइल फोन बरामद गरी नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको प्रवक्ता एवं डिएसपी यादवले बताएको छ।