काठमाडौँ — नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले शिक्षा क्षेत्रको विकासबिना मुलुक समृद्ध बन्न नसक्ने बताएका छन्। महोत्तरीको खयरमारास्थित निर्मल लामा बहुप्राविधिक शिक्षालयमा निर्माण हुन लागेको शैक्षिक भवनको सोमबार शिलान्यास गर्दै प्रचण्डले मुलुकको समग्र विकासमा शिक्षाको महत्त्वमा जोड दिएका हुन्।
उनले निर्मल लामा बहुप्राविधिक शिक्षालय देशकै नमुना विद्यालयको रूपमा विकास हुने विश्वास पनि व्यक्त गरे। दक्ष जनशक्ति उत्पादनको लागि देशको बजेटको २० प्रतिशत रकम शिक्षामा छुट्याउनु पर्नेमा जोड दिँदै उनले शिक्षालाई उत्पादनमुखी र बैज्ञानिक बनाउनुपर्ने बताए। कार्यक्रममा प्रचण्डले अधा घन्टा बोले। तर देशको राष्ट्रिय राजनीतिको विषयमा कुनै चर्चा गरेनन्। उनले शैक्षिक विषयमा मात्रै आफ्नो मन्तव्य केन्द्रीत गरेका थिए।


प्रतिक्रिया