काठमाडौँ — नेपालीकांग्रेस प्रदेश सभा क्षेत्रीयकार्यसमिति काठमाडौं ६ (ख) द्वारा भदौ १७ र १८ गते धुलिखेलमाआयोजित प्रशिक्षण कार्यक्रम भब्य रुपमा सम्पन्न भएको छ । नेपालीकांग्रेसका केन्द्रीय सदस्यतथा काठमाडौं जिल्लाका केन्द्रीय प्रतिनिधि जितजंग बस्नेतको प्रमुखआतिथ्यतामा कार्यक्रम भएको हो । विशिष्ठ अतिथिहरूमा पूर्व-रक्षामन्त्री भीमसेनदास प्रधान तथा जिल्ला सभापति कृण्ण सबुज बानियाँ र बागमती प्रदेश सदस्य तथा काठमाडौं ६ (ख) का प्रतिनिधि तारादेवी पन्त दुलाल थिए ।

नेपालीकांग्रेसका उपसभापति धनराज गुरुङ, केन्द्रीय सदस्य मीन विश्वकर्मा डा. गोविन्द पोखरेल, डा. स्वर्णिम वाग्ले, चित्र लेखायादवर वरिष्ठ पत्रकार पुरुषोत्तम दाहालले प्रशिक्षण दिएका थिए । निर्वाचन कसरी जित्ने ?जनतासंग कसरी जोडिने भन्ने विषयमा प्रशिक्षण दिइएको थियो । कार्यक्रममा दुई सय भन्दा बढी सहभागी थिए । विज्ञहरूबाट प्रशिक्षण लिन पाउँदाखुसीलागेको कार्यक्रमका सहभागीहरूले बताएका छन् ।

नेपालमा अर्थतन्त्रको विषयमा डा. स्वर्णिम वाग्ले प्रशिक्षण दिएका थिए भने उपसभापति धनराज गुरुङ र केन्द्रीय सदस्य मिनविश्वकर्मा लगायतले नेपाली कांग्रेसले देशकालागि राम्रो काम गरेकाले सोही सन्देश लिएर जनतामा जानु पर्नेमा जोड दिएका थिए । कांग्रेसले मात्रै देशको समस्या समाधान गर्न सक्छ : महत नेपालीकांग्रेसका प्रवक्ता डा.प्रकाशशरण महतले विपक्षीको निराधार आरोप चिर्दै जनताको बीचमा जान आग्रह गरेका छन् ।

प्रशिक्षण कार्यक्रम समापनतथा प्रमाणपत्र वितरण कार्यक्रमको प्रमुख अतिथि महतले देश र जनताको पक्षमा काम गर्ने पार्टी कांग्रेस भएको बताएका थिए । कांग्रेसले मात्रै देशमा देखिएका समस्या समाधान गर्न सक्ने उनको दाबी छ । समापन समारोहमा विशिष्ठ अतिथिको रुपमा क्षेत्रीय सभापति श्यामकृण्ण खड्गी उपस्थित थिए ।


प्रतिक्रिया