Breaking

हनुमानढोका दरबारमा इन्द्रजात्राको रौनक, दरबार क्षेत्र बेहुलीझै सिँगारियो


काठमाडौँ — उपत्यकामा विशेष जात्राको रुपमा मनाइने इन्द्रजात्राको तयारी अन्तिम चरणमा पुगेको छ । दरबार क्षेत्रमा हुने यो जात्राका लागि आवश्यक प्रकृयाका साथै लिंगो स्थापना, रथ निर्माण र मन्दिर रंगारोगनको कार्यले तीव्रता पाउन थालेको छ । हनुमानढोका दरबार क्षेत्रलाई यतिबेला बेहुलीझैं सिंगारिएको छ । काठमाडौँको सबैभन्दा ठूलो चाड येंयाःपून्हि अर्थात् इन्द्रजात्राका लागि दरबार क्षेत्रका मन्दिरहरुमा रातो झल्लर राख्ने देखि रंगरोगनको कार्यले तीव्रता पाइरहेको छ । श्रीगणेश, श्रीकुमारी र श्रीभैरवको रथ निर्माण र मर्मतको काम पनि भईनै रहेको छ ।

इन्द्रजात्रा व्यवस्थापन समितिका अनुसार इन्द्रजात्राको तयारी अन्तिम चरणमा पुगेको छ। भदौ २४ गते परेको जात्रालाई सव्य र भव्य बनाउन तर्फ समिति लागिपरेको छ । समितिलेजात्रालाई व्यवस्थित र अनुशासित बनाउन विषेश ध्यान दिएको बुझिन्छ । जसकालागि स्थानीय सहित२९ गुठी अन्तिम तयारीमा जुटिरहेका छन्। इन्द्रजात्राको मुख्य आकर्षण लिंगो स्थापनाहो । काभ्रेको नालाबाट काटेर ल्याएको ३२ हातको लिंगोलाई आइतबार नै भोटाहिटीबाट प्रवेश गराएर दरवार क्षेत्रमा स्थापनागरिएको छ । भाद्र शुक्य लाथ्वद्वादशी कादिन इन्द्र ध्वजोत्थानयानिकी लिंगो ठड्याएर सुरु हुने जात्रा ‘यंलागाःचौथी’माइन्द्र ध्वजपतन सँगै समाप्त हुन्छ ।

यस पटकको इन्द्रजात्रा विगतका वर्षमा भन्दा केही फरक हुने छ । सांस्कृतिक तवरले परम्परागत नै हुने भएपनि पर्यटन र अतिथिको आगमनले भने विगतको तुलनामा केही फरक हुने भएको हो । काठमाडौँ महानगरले इन्द्रजात्रा अवलोकनका लागि आफूसँग भगिनी सम्बन्ध भएका अन्य मुलुकका महानगरपालिका प्रमुखसँगै उपत्यकाका नगरप्रमुख र काठमाडौँकै सबै नगरका प्रमुखलाई आमन्त्रण गरिएको छ । महानगरले यसभन्दा अघि पनिभगिनी सम्बन्ध भएका अन्य राष्ट्रका महानगर प्रमुखलाई जात्रा अवलोकनका लागि आमन्त्रण गरेको थियो । तर, निकै वर्ष भइसकेको महानगरको यो कार्य नयाँ नेतृत्व आएपछि भने पुन सुरु हुनलागेको हो । जसले गर्दा समग्र देशकै संस्कृतिर पर्यटनमा टेवापुग्ने विश्वास महानगरको छ ।