काठमाडौँ — प्रतिनिधि सभा बैठकमा बोल्दै भिमसेनदास प्रधान नेपाली काँग्रेसका सांसद भिमसेनदास प्रधानले त्रिभूवन विश्वविद्यालयको समस्या राजनीतिक सहमतिका आधारमा समाधान गर्नुपर्ने बताउनुभएको छ । आईतवारको प्रतिनिधि सभाको पहिलो बैठकमा समय माग गरी बोल्दै सांसद प्रधानले त्रिभूवन विश्वविद्यालयको समस्याको राजनीतिक तहबाट समाधान खोज्नुपर्ने बताउनुभएको हो ।
उहाँले विश्वविद्यालयका पदाधिकारीहरु राजनीतिक आस्थाका आधारमा नियुक्त हुने र राजनीतिक पूर्वाग्रह राखेर काम गर्न खोज्दा समस्या देखिएको बताउनु भयो । उहाँले भागबन्डामा आधारमा पदाधिकारी नियुक्त गर्दा विश्वविद्यालयको गरिमा खस्किएको बताउनु भयो । उहाँले पदाधिकारीले आफ्नो पक्षलाई पोस्ने र अर्को पक्षलाई लखेट्ने गरेको हुँदा प्राध्यापक र पदाधिकारीबीचमा पनि द्वन्द्व देखिएको बताउनु भयो । उहाँले त्रिभूवन विश्वविद्यालयको गरिमा बचाउन भागबन्डाको अन्त्य हुनुपर्नेमा जोड दिनुभयो । समस्या समाधान राजनीतिक सहमतिमा हुनेपर्ने उहाँको भनाई छ ।


प्रतिक्रिया