देश

समयमै रासायनिक मल नल्याउने कम्पनीलाई कालो सूचीमा राख्न सिफारिस


काठमाडौँ — कृषि सामग्री कम्पनी लिमिटेडले समयमै रासायनिक मल नल्याउने दुई ठेकेदार कम्पनीलाई कालो सूचीमा राख्न सिफारिस गरेको छ ।ठेक्का सम्झौता अनुसार समयमै मल नल्याएका दुई नेपाली कम्पनीलाई कालो सूचीमा राख्न कृषि सामग्री कम्पनी लिमिटेडको निर्णयमा मन्त्रालयले सिफारिस गरेको कृषि विकास मन्त्रालयलका प्रवक्ता प्रकाशकुमार सञ्जेलले बताए । ‘सिल्क जेभी र सिल्क मार्केटलाई कालोसूचीमा राख्न सार्वजनिक खरिद अनुगमन कार्यालयलाई सिफारिस गरिएका छौं ।

प्रवक्ता सञ्जेलले भने । आर्थिक वर्ष २०७८र७९ का लागि यी दुई कम्पनीले ५० हजार मेट्रिकटन युरिया ५ हजार मेट्रिकटन डीएपी गरी कुल ५५ हजार मेट्रिकटन मल आयातको सम्झौता गरेका थिए । सम्झौता अवधि सकिएको २ देखि ६ महिनासम्म पनि कारबाही नगरी मल ल्याउन समय दिंदा पनि ठेकेदारले आलटाल गरेपछि कम्पनीले ठेक्का सम्झौता तोडेर कृषि सामग्रीले धरौटी जफत गरेको कृषि सामग्री कम्पनीका निमित्त प्रबन्ध सञ्चालक राजेन्द्रबहादुर कार्कीले बताए । तर, कम्पनीको कारबाहीविरुद्ध उच्च अदालतमा रिट परेपछि थप कारबाही रोकिएकामा अहिले अदालतले कालोसूची सिफारिसको बाटो खोलिदिएको कम्पनीका कार्कीको भनाइ छ ।