Breaking

नेपाली कांग्रेसका कार्यकर्ता बिच उम्मेदवार सिफारिसको बिषयमा कुटाकुट


काठमाडौँ — नेपाली कांग्रेसको धनुषा क्षेत्र नम्बर २ मा उम्मेदवार सिफारिसका क्रममा कुटाकुट भएको छ। शनिबार धनुषाको औरही गाउँपालिकामा बसेको क्षेत्रीय कमिटी बैठकमा कुटाकुट भएको हो। पूर्व सांसदद्वय रामकृष्ण यादव र मुक्ताकुमारी यादवका समूहबीच उम्मेदवार सिफारिसको विषयमा विवाद भएको थियो।

त्यही क्रममा लखेटा लखेट र कुटाकुट भएको हो। यी दुई समूहबीच कुर्सी र चप्पल हानाहान समेत भएको छ। पूर्व कृषि मन्त्री समेत रहेका नेता रामकृष्ण कांग्रेसमा वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षधर हुन्। संविधान सभा सदस्य मुक्ताकुमारी सभापति शेरबहादुर देउवा गुटमा छिन्। रामकृष्ण पक्षले मुक्ताको नाम प्रत्यक्षतर्फ उम्मेदवार सिफारिस गर्न नचाहेले बैठकमा चर्काचर्की भएपछि कुटाकुट भएको जनाएको छ।