Breaking

चोलेन्द्रशम्शेरको तेस्रो दिनको बयान सुरू


काठमाडौँ – महाअभियोग सिफारिस समितिमा निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको बयान सुरु भएको छ ।

बयानका लागि जबरा तेस्रो दिन समितिमा उपस्थित भएका हुन् । सिफारिस समितिले ४४ वटा प्रश्न तयार पारेको छ, तर दुई दिनको बयानका क्रममा जम्मा ६ वटा प्रश्न मात्र सकिएको छ । जबराविरुद्ध सत्तारुढ दलका सांसदहरुले फागुन १ गते महाअभियोग दर्ता गरेका थिए ।