राजनीति

एमाले उपाध्यक्ष बादललाई मातृशोक


काठमाडौँ — नेकपा एमालेका उपाध्यक्ष रामबहादुर थापा (बादल) लाई मातृशोक परेको छ ।

उनकी आमा नन्दकुमारी थापाको आज बिहान चितवनको क्षेत्रपुरस्थित निवासमा निधन भएको हो । दीर्घरोगका कारण उनी केही वर्षयता थलिएकी थिइन् ।

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नन्दकुमारीप्रति श्रद्धाञ्जली अर्पण गर्दै परिवारजनमा समवेदना व्यक्त गरेका छन् ।