काठमाडौँ — निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरासित प्रतिनिधिसभा अन्तर्गतको महाअभियोग सिफारिस समितिमा आज पनि बयान लिइँदै छ । समितिको बैठक सिंहदरबारस्थित संसदीय समितिको कार्यक्षमा बिहान ११ बजे बस्ने तय छ ।
जबरासित तेस्रो दिन बयान लिन लागिएको हो । गएको बुधबार पहिलो दिन बयान लिइएको थियो । त्यस दिन उनलाई पाँच प्रश्न सोधिएको थियो । दोस्रो दिन बिहीबार दुई प्रश्न मात्र सोधिएको थियो ।
आज थप प्रश्नहरू सोधिनेछ । जबरालाई कुल ४३ प्रश्न सोधिने समिति सदस्य एवं सांसदहरूले बताएका छन् । दोस्रो दिनको बैठकमा उनले समितिका सदस्यहरूकै वैधानिकतामाथि प्रश्न उठाएका थिए ।
गएको फागुन १ गते जबराविरुद्ध संघीय संसद् सचिवालयमा महाअभियोग प्रस्ताव दर्ता गरिएसँगै उनको पद निलम्बनमा परेको छ ।


प्रतिक्रिया