काठमाडौँ — मंसिर ४ मा हुने प्रदेश र प्रतिनिधि सभा निर्वाचनका लागि दलहरु धमाधम उम्मेदवार चयनमा अघि बढेका छन् ।त्यसमध्ये नेपाली काँग्रेसभित्र उम्मेदवार सिफारिसको विषय आक्रामक बनेको छ । यसलाई गठबन्धनमा दबाब बढाउने नीतिका रुपमा समेत हेरिएको छ । नेपाली काँग्रेसको सभापतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवा गृहजिल्लाडडेल्धुराबाट प्रत्यक्षतर्फ सिफारिसमा परे । छैंटौपटक चुनाव जितेर सातौंका लागि कस्सीएका देउवालेपत्नी आरजु राणा देउवालाई समानुपातिकतर्फ सर्वसम्मतिले सिफारिस गराए ।एउटै क्षेत्रबाटदेउवादम्पतीले पार्टीको टिकट पाए भनौं या आफुलाई सुरक्षित गर्न टिकट बुक गरे । अझ आरजुलाई त जिते कैलाली नभए समानुपातिकमा ढुक्क भएको छ ।
किनकि डडेल्धुराबाट समानुपातिकमा सिफारिस भएकी आरजु कैलाली –५ मा प्रत्यक्षतर्फ चुनावी लड्ने गरि एकल सिफारिसमा परेकी छन् । दशैंमा सार्वजनिक सवारी साधनको टिकट बुक गरेजस्तै यतिबेला उम्मेदवार बुकिङ चलिरहेको छ । त्यसमध्ये नेपाली काँग्रेसले अधिकांश शीर्षदेखि तल्लोतहका नेताहरुको धमाधम बुकिङ गरिरहेको छ । यसअघि कास्की क्षेत्र नम्बर १ बाट सिफारिसमा परेका महामन्त्री गगनकुमार थापा आफ्नै निर्वाचन क्षेत्र काठमाडौं–४ बाट सर्वसम्मतिले उम्मेदवार सिफारिस भएका छन् ।
२०७४ को निर्वाचनमा बलियो बाम गठबन्धनलाई भत्काएर एमालेका राजन भट्टराईलाई हार चखाएका थापा यसपटक पनि उनैसँग भिड्ने तयारीमा छन् ।एमालेबाट भट्टराई सिफारिसमा परेका बेला महामन्त्री थापालाई यसपटक पाँच दलीय गठबन्धनको पनि साथ छ । तथापी हारियला भन्ने डरले छटपटी बनाएको छ । उपसभापति पूर्णबहादुर खड्का सुर्खेत–१, अर्का महामन्त्री विश्वप्रकाश शर्मा झापा–१ बट, महामन्त्रीमै पराजित प्रदीप पैडेल तनहुँ २ र प्रवक्ता प्रकाशसरण महत काठमाडौं–५ सँगै नुवाकोट १ बाट पनि सिफारिसमा परेका छन् ।
नुवाकोट १ मै महतका दाजु तथा पूर्वअर्थमन्त्री रामशरण महतसमेत सिफारिसमा परेका छन् । नुवाकोट दुईबाट केन्द्रीय सदस्य बलबहादुर लामासहितका ३ नेता सहित सिफारिमा परेका छन् ।तर यहीबाट प्रत्यक्ष लड्ने तयारी गरेका अर्जुननरसिंह केसीलाई समानुपातिकमा राखिएपछि निर्णय विवादित बनेको छ । निर्णयप्रति केसीले समेत असन्तुष्टि जनाएका छन् ।उम्मेदवारकालागिशीर्ष नेताका निकटदेखि जिउँदै मानिसलाई इट्टाभट्टामा जलाएर कर्तव्य ज्यान मुद्धामा जेल परेका अफ्ताव आलमसम्मको नाम छ ।
तर सभापति देउवा पक्षको पक्षपाती व्यवहार देशभर देखिएपछि पार्टीभित्र उम्मेदवार सिफारिसकै विषयमा विवाद देखिएको छ । त्यसमध्ये यही निर्वाचनबाट डेब्यू गर्ने तयारीमा रहेका नेताहरुलाई पनि प्राथमिकतामा राखिएको छैन । ललितपुर ३ बाट सिफारिसमा परेका केन्द्रीय सदस्य जीतजंग बस्नेत जेनतेन जिल्लाको सिफारिसमा परेपनि केन्द्रले टिकट छनोट गर्दा पहिले शीर्ष नेतालाई पु¥याएर उब्रेपछि मात्रै दिन्छ कि भन्ने पिरालोमा छन् । काँग्रेसले भदौ २२ भित्रै केन्द्रमा पुग्नेगरि सिफारिस गर्न मताहातका निकायलाई परिपत्र गरेको थियो ।
त्यसैअनुसार प्रदेशका ३३० र प्रतिनिधिसभाका १६५ क्षेत्रमा तल्लोतहबाट धमाधम उम्मेदवार सिफारिस भइरहेको छ । तर उम्मेदवार सिफारिसको विषयलाई गठबन्धनमा दबाब बढाउने नीतिका रुपमा समेत हेरिएको छ । किनकि पाँच दलबीच चुनावी गठबन्धन गर्ने सहमति यसअघि नै भएको छ । तर सभापति देउवाकै जिल्लामा गठबन्धन नगर्ने काँग्रेसको निर्णयले अन्य दललाई झस्काएको छ ।यसले गठबन्धनबीच भइरहेको भागबण्डाको कचिङगलमा थप नुनचुक छर्ने काम गरेको छ ।
गठबन्धनमै आवद्ध नेकपा माओवादी केन्द्रसहित नेकपा एकीकृत समाजवादीलगायतका दलहरुले समेत उम्मेदवार छनोटको विधिबारे तयारी गरिरहेका छन् ।काँग्रेसलाई सकेसम्म कम सिटमा झार्ने प्रचण्ड माधवको तयारीमा काँग्रेसको उम्मेदवार सिफारिसले दबाब दिइरहेको छ ।
बाँडफाँडमा सहमति भए गठबन्धन ठिक नत्र एक्लै चुनावमा जाने काँग्रेसको प्लान बीका रुपमा समेत नेताहरुले संकेत गरेका छन् । यता पाँच दलीयविरुद्ध होमिएको प्रमुख प्रतिपक्ष एमाले पनि काँग्रेसकै रफ्तारमा उम्मेदवार सिफारिस चलाइरहेको छ ।


प्रतिक्रिया