काठमाडौँ — पछिल्लो समय नेपालमा वित्तिय अपराधको संख्या बढ्दो छ ।डिजिटल बैंकिङ कारोबार तथा त्यसको गोपनियताका बारेमा सर्वसाधारण जानकार नभएको साथै भ्रष्टाचार, राजस्व छली, हुन्डी, क्रिप्टो कारोबार, लगायत कारणले नेपाल ‘ग्रे लिस्ट’ मा पर्ने खतरा समेत बढेको छ । तपाईँ बैंकमा आफ्नौ पैसा सुरक्षीत छ भनेर ढुक्क बस्नु भएको छ ? त्यसो हो भने तपाईँ सचेत बन्नुस् । तपाईलाई थाहा हुँदा हुदै नै ठग हरुले ठग्न सक्छन् ।
जसको जानकारी बैंक व्यालेन्स हेरे पछि मात्र थाहा हुन्छ । कसैले चिठ्ठाका बहानामा त कसैले मोवाइल बैंकीङ् चलाउन सिकाउने बहानमा तपाईको रकम आफ्नो खातामा ट्रान्सफर गरि सक्छन् । जुन कुरा तपाईले पत्तो नै लगाउन सक्नु हुन्न् । पछिल्लो समय एटीएम फुटाएर पैसा लिने देखि प्रणालीलाई ह्याक गर्ने नयाँ शैलीका अपराध समेत बढ्दै गएका छन् । मोबाइल तथा डिजिटल बैंकिङको कारोबार बढेसँगै त्यो क्षेत्रको अपराधको संख्यामा समेत बृद्धि हुँदै गएको छ ।
प्रविधिको पहुँच बढ्दै गएको भए पनि डिजिटल बैंकिङ कारोबार तथा त्यसको गोपनियताका बारेमा सर्वसाधारण जानकार नभएको कारण अपराध बढेको छ । सर्वसाधारण डिजिटल प्रणालीबाट ठगिने क्रम समेत बढेको छ ।केन्द्रीय बैंकका अनुसार हाल मासिकरुपमा औसतमा ७० वटाका दरले वित्तीय अपराधनसम्बन्धी गुनासा आउने गरेका छन् । सम्पत्ति शुद्धीकरण निवारणमा हेलचेक्र्याइँ गर्दा नेपाल ‘ग्रे लिस्ट’ मा पर्न सक्ने जोखिम पनि उत्तीकै छ ।
अहिले आर्थिक समस्यामा परेका सार्कका २ मुलुक श्रीलंका र पाकिस्तान पनि सुरुवातमा सम्पत्ति शुद्धीकरणको निगरानीबाट ग्रे लिस्टमा परेका थिए । त्यसपछि ती मुलुकहरूमा बिस्तारै अरू आर्थिक चुनौतीहरू थपिँदै गएका थिए । त्यस्तै स्थिती नेपालमा पनि देखिने संकेत छ ।भ्रष्टाचार, राजस्व छली, हुन्डी, क्रिप्टो कारोबार, मोवायल बैंकिङ्का् दुरुपयोग लगायत कारणले नेपाल ‘ग्रे लिस्ट’ मा पर्ने स्वयम सरकारको आर्थिक सल्लाहकार केन्द«ीय बैंकको दावि छ ।
सम्पत्ति शुद्धीकरण मामिलामा निगरानी राख्ने अन्तर्राष्ट्रिय निकाय एसिया प्रशान्त समूह –ए पी जी) र फाइनान्सियल एक्सन टास्कफोर्स (एफ ए टी एफ) ले यसै वर्ष नेपालको मूल्यांकन गर्दै छ । अहिले प्राविधिक मूल्यांकन चलिरहेको छ । तर, विज्ञ भने सम्पत्ति शुद्धीकरण निवारणमा नेपालले आफ्नो स्थिति सुधार गर्नेभन्दा उल्टै कमजोर भएर ग्रे लिस्टमा पर्न सक्नेबारे चिन्ता जनाइरहेका छन । विद्यमान कानुनी व्यवस्थाहरू समायानुकूल अद्यावधि हुन नसक्दा तथा भएका कानुनको पालनामा समेत नेपाल कमजोर देखिँदा ग्रे लिस्टको जोखिम बढेको उनीहरूको भनाइ छ ।
नेपाल सम्पत्ति शुद्धीकरणको ग्रे लिस्टमा पर्नु भनेको अन्तर्राष्ट्रिस्तरमा साख गुम्नु हो । यसले एकातिर आन्तरिक रूपमा वित्तीय अपराध बढेको संकेत गर्छ भने अर्कोतिर अन्तर्राष्ट्रिय सम्बन्धलाई पनि कमजोर तुल्याउँछ । नेपाललाई अन्तर्राष्ट्रिय जगत्ले विश्वास नगर्ने अवस्था पनि आउँछ । अन्तर्राष्ट्रिय बैंकिङ कारोबारमा अवरोध सृजना तथा लागत वृद्धि, प्रतीतपत्रमा असर गर्ने तथा अन्तर्राष्ट्रिय बजारमा नेपालको बैंकिङ क्षेत्रको सम्बन्धविच्छेद हुन सक्नेजस्ता समस्या देखिन्छन ।


प्रतिक्रिया