काठमाडौँ — पाँच दल मोर्चाबन्दीमा रहेका बेला एक्लै चुनावमा जानु एमालेका लागि कम्ता कठिनपूर्ण छैन । तालमेलका लागि उपयुक्त दल पनि भेटिएको छैन ।यस्तो अवस्थामा पूर्व सहकर्मीलाई गुहार्नु एमालेको नियती बनेको छ । गठबन्धनकै बलमा चुनाव जितेर एकपटक प्रधानमन्त्री भइछोड्ने रहर पालेका रामचन्द्र पौडेलका लागि यो निर्वाचन कति फलदायी हुन्छ, त्यो देउवाकै जोतिषलाई थाहा होला ।
तर फेरि पनिमुखै फोरेर बोलेका पौडेलले भने, ‘देशले मलाई प्रधानमन्त्रीका रुपमा खोजेको छ ।’यद्यपी काँग्रेसभित्रै उनलाई खोज्नेको संख्या कम भइरहेको छ भने, देशले बालेन जस्ता युवाहरु खोजिरहेका बेला कसरी पौडेलतिर फर्किएला ?बरु गत निर्वाचनमा उनैलाई हराएका किशान श्रेष्ठलाई राष्ट्रपतिको अफर गरेका छन् । मंसिर ४ को प्रतिनिधिसभाको निर्वाचनमा मुखमै रहेका बेला नेताहरुले मुखभरिका आकांक्षा बोलिरहेका छन् ।
फेरि जनताले पत्याएर संसद छिर्ने हालतमै नभएकाहरु पनि टिकटकै लाइनमा छन् ।किनकि यसपटक पाँच दलीय गठबन्धन बनेको छ, गठबन्धनबाट ढुंगै उठाइदिए पनि जित्ने माहोल देखिएका बेला तन्नेरीदेखि बुढाहरुको आकांक्षा बढ्नु स्वभाविककै हो । तर यसका विरुद्ध बज्र हान्ने तयारीमा रहेको प्रमुख प्रतिपक्ष एमाले चुनावअघि नै गठबन्धन तोड्ने तयारीमा छ । अब अनेक तरिका फेल भएपछि फेरि माधवलाई गुहार्नु एमालेको नियती बनेको छ ।
नेकपा एमालेका उपाध्यक्ष, त्यसमा पनि अध्यक्ष ओलीसँग निकै निकट रहेका, बोलेपछि खाटी कुरो बोल्ने सुवास नेम्वाङले नै एकबर्ष अघिमात्रै छुट्टीएका माधव नेपाललाई फर्किन निम्तो दिएपछि एमाले के सोच्दैछ बुझ्न सकिन्छ । अध्यक्ष ओलीको सहमति विमती हेरेर मात्रै बोल्ने नेताहरु नै खुलेआम माधवको साथ खोज्ने पक्षमा देखिएपछि एमालेभित्र पाक्दै गरेको खिचँडीको बास्ना बाहिरै आएको छ ।
किनकि गठबन्धन भत्काउनु एमालेको पहिलो सर्त हो, यसका लागि अध्यक्ष ओली जुनसुकै सम्झौता गर्न तयार देखिएका छन् । गठबन्धनमा पाँच दल आवद्ध भएपनि एमालेसँग आँखा जुधाएर हेर्न सक्ने काँग्रेसमात्रै भएको एमालेको जिकिर छ । त्यसमा पनि गठबन्धनको नकाबबिना काँग्रेसलाई चुनाव लड्न हम्मेहम्मे पर्नेछ । यता अलि गनिएका दलहरु नै गठबन्धनमा आवद्ध भएकाले एमालेसँग तालमेल गर्ने दल नै बाँकी छैनन् ।
गठबन्धनमै रहेर पनि माधव नेपाल सन्तुष्ट छैनन् । काँग्रेसको भ¥याङमात्रै बन्ने काम भएकाले बाँडफाँडमा समेत उनको असन्तुष्टि छ ।यसैपनि एक्लै उसैपनि एक्लै बनेको एमाले अब आफ्नै पुराना सहकर्मीलाई निम्तो दिएर एक्लोपन मेटाउने तयारीमा देखिएको छ ।


प्रतिक्रिया