काठमाडौँ — शताब्दीकै सबैभन्दा खराब आर्थिक संकटबाट गुज्रिएपछि देश छोडेर भागेका श्रीलंककापूर्वराष्ट्रपति गोटाबाया राजपाक्षे सात हप्तापछि स्वदेश फर्किएका छन् । श्रीलंकालीनागरिकको ठूलो विद्रोहले देश छोड्न बाध्य बनेका उनीफर्कदा भने ठूलो तामझामका साथफर्किए । श्रीलंकाकापूर्व राष्ट्रपति गोटाबाया राजापाक्षे दुई महिनापछि स्वदेश फर्किएका छन् । गतजुलाईमा चरम आर्थिक र राजनीतिक संकट चुलिएपछि देश छोड्न बाध्यभएकाउनीशुक्रबार सिंगापुरबाट स्वदेश फर्किएकाहुन् ।रातारात देशबाट भागेका उनीफर्कदा भने कडा सुरक्षाका साथस्वदेश फर्किएका छन् ।
सिङ्गापुर एयरलाइन्सबाट स्वदेश फर्किएका७३ वर्षीय राजापाक्षे कोलम्बोस्थितबन्दरनायके अन्तर्राष्ट्रिय विमानस्थलमाउत्रदाउनलाई विभिन्नमन्त्रीहरुले तामझामका साथस्वागत गरेका थिए ।मध्यरातमाकडा सुरक्षाकाबीच विमानस्थलबाट बाहिर निस्केका उनीनिर्धारित समयभन्दा एक दिनअगावै आएकाहुन् । यसअघिउनीशनिबार श्रीलंकाआउने तालिका तय भएको थियो । देशमा ऐतिहासिकआर्थिक संकट निम्त्याउने राजापाक्षे नेतृत्वकोपार्टी एसएलपीपीको अनुरोधमाउनलाई फर्काउने व्यवस्थामिलाइएको अन्तर्राष्ट्रिय समाचार माध्यमले जनाएकाछन् ।
एसएलपीपीकामहासचिव सागर करियावासमले अगस्ट १९ माराष्ट्रपति रनिलाविक्रमासिङ्घेसँगको भेटमा उनलाई फर्काउन अनुरोध गरेका थिए । कारियावासमको नै अनुरोधमाश्रीलंका सरकारले राजापाक्षेको सुरक्षाको कडा व्यवस्था गरेको छ ।शताब्दीको सबैभन्दा खराब आर्थिक अवस्थाबाट गुज्रिरहेको श्रीलंकामाजुलाई ९ माजनताले उनी विरुद्ध ठूलाविद्रोह गरेका थिए । राष्ट्रपति भवनमा नै श्रीलंकालीनागरिकले हमला गरेपछिराजापाक्षे त्यसको ४ दिनपछिपरिवारसहितमाल्दिभ्स उडेका थिए । त्यहाँबाट उनीमेडिकलभिसामा सिंगापुर पुगे ।
१४ जुलाईमा राजपाक्षेले राष्ट्रपतिबाट राजीनामादिएकाथिए । दुई पटकसम्म भिसाथपेर २८ दिनसिंगापुर बसेका उनी त्यसपछि भने श्रीमतीसहित थाइल्याण्ड उडेका थिए । उनीहरुलाई थाई सरकारले ९० दिनसम्म बस्न सक्ने आश्वासनदिएको थियो ।थाईल्याण्डबाट सिधै श्रीलंकाकालागि उडान नभएको हुँदाउनीपुन सिंगापुर गएर स्वदेशकालागि रवानाभएकाथिए । पूर्वराष्ट्रपति स्वदेश फर्किएसँगै अब उनीविरुद्ध श्रीलंकालीनागरिकले विरोध जनाउँछन् वा अरु केही गर्छन् त्यो भने हेर्न बाँकी नै छ ।


प्रतिक्रिया