Sayapatri Media Pvt. Ltd.
Reg. No. : 885/075-76
Publisher: Ang Kaji Sherpa
Editor: Laxmi Raj Bhandari
Office: Chabahil - 7, KL Tower 5th floor
Phone: 01-4587728
CMO (Anjan shrestha): 9843335555
Admin: Info@yohokhabar.com
News: yohokhabar.com@gmail.com

वागमती

दक्षिणकालीमा मिनीट्रक पल्टिँदा २ पुरुष गम्भीर घाइते


काठमाडौँ – काठमाडौँको दक्षिणकाली नगरपालिका वडा नम्बर ८, छैमलको शीतलचोकमा शुक्रबार राति मिनीट्रक दुर्घटना हुँदा २ जना गम्भीर घाइते भएका छन् ।

प्रहरीका अनुसार शुक्रबार राति साढे ८ बजेतिर फर्पिङबाट सिस्नेरीतर्फ जाँदै गरेको बा।प्र।–०१–००४ क ०६३२ नम्बरको मिनीट्रक आफैं अनियन्त्रित भई सडकबाट खसेको हो ।

उक्त ट्रकमा सवार २ जना पुरुष गम्भीर चोटपटक लागेको अवस्थामा अचेत फेला परेको प्रहरीलाई जनाएको छ ।

दुर्घटनामा घाइते उनीहरूलाई प्रहरी र स्थानीयले उद्धार गरी मनमोहन अस्पताल (फर्पिङ) पुर्‍याएका छन् । उनीहरू बोल्न सक्ने अवस्था छैनन् । उपचार जारी रहेको प्रहरीले जनाएको छ । दुर्घटना भएको सवारीसाधन घटनास्थलमै छ ।